
सुनिल भुसाल: दि इम्याजिनेसन पात्र।१।|
,
“हिड्दा हिड्दा उ शुन्यमा गएर ट्र्याप्ड भयो।”
,
जन्मेको १३ दिन बाटै उ दौडिन थाल्यो
त्यही दिनबाट
अघि भ्रखर ४३ सेकेन्ड अघिसम्म
उ दौडिरहेकै थियो
अचानक स्पिडमा हुत्तिदै आएको ०० 00 नम्बरको गाडिले उसलाई स्पिडमा हुत्तायो
लोकेसन: |बौलाहा भिर|
उ एक कालो छिद्र
अर्दाथ
शुन्यमा गएर ट्र्याप्ड भयो।-क्रमशः
!
###
!
कृष्ण सुबेदी: दि इम्याजिनेसन पात्र।२।
,
५६ बर्षसम्म
उ एक बन्द घरमा हुलिएको थियो
त्यतिन्जेलसम्म
उ कहिँ हिडेन
र पनि उ कहि न कहि पुगिरह्यो
यहि…कतै
त्यहि पर
वर…
माथी…तल…
!
###
!
|दिवस पौडेल:बिबेक थापा:
दिनेश पोखरेल:शिशिर गिरी:
दि इम्याजिनेसन पात्र (३,४,५,६,|
,
हाम्रो जन्म एक बुकमा भएको हो
वि आर फ्रम भेनस बुकको
पेज नम्बर ४३७ मा
तपाईं हाम्रो लाईफ भेट्नु हुनेछ
दुई पेज पश्चात्
पेज नम्बर ४४० मा हामीलाई
हाम्रो लेखकले मारिदियो
सो एक्स्ट्रीम्ली सरी ब्रो
हामीले कति दुरी ट्राभल्ड गर्यौ
हाम्रो लेखक समेत कानफिउजमा परि
कोमा पुरमा गएर बसेको छ।
!
###
!
गुरु देव:दि इम्याजिनेसन पात्र।७।|
,
लगातार १४ बर्ष उल्टो हिडेपछी
म एक सुन्दर स्त्रीको कोखमा पुगे
र
केही समय मौन बसिदिए
#मौनम_शरणम_गच्छामी#
!
###
!
देवकोटा:दि इम्याजिनेसन पात्र।८।
,
यात्रा ब्याकवार्ड गर्दैछु म त
सत्र सय किलोमिटर ब्याकवार्डमा गै
१७ हजार जनालाई बचाउनेछु
सरी सरी
सोर्ह हजार ९ सय ९८ लाई मात्र बचाउनेछु
!
###
!
स्वीकृति:दि इम्याजिनेसन पात्र।९।|
,
यस फिल्मका सम्पुर्ण पात्र
मैले क्रेट गरेका इम्याजिनेसन पात्र हुन
तसर्थ
सुरुमै क्लियर भैजाउ
दुरी बराबर प्रोडक्ट अफ समय गति
कोहि कहिँ हिडेकै छैन
कोहि कहि दौडिएकै छैन
त्यसैले
कोहि कहि पुगेकै छैन।
,
@दुरी
,
**********************
,
यस फिल्मका पात्र तपाईं हुनु भएकोमा
तपाईलाई लट्स अफ बधाई
अ!सुन्नोस त
तपाईलाई एक खुशीको खबर छ
आज(यतिबेलै)
म तपाईलाई केही दुरी ट्राभ्ल्ड गराउदैछु।
यतिबेला तपाईं जहाँ जुन अबस्थामा हुनुहुन्छ?।
-तयार हुनुहुन्छ।-हिड्न थाल्नोस।
*
सर्बप्रथम!
तपाईं ?-तपाईं रहदै आएको स्थानबाट दस मिटर डिस्टेन्स ट्राभल्ड हान्नोस।
पुर्ब,पश्चिम,उत्तर,दक्षिण
दायाँ,बायाँ
तल,माथी
जहाँ हान्दा पनि भयो।
हान्नु भयो?
उसो त नहान्दा पनि भयो
यो पूरा ब्रह्माण्ड चालमा रैरहदा
तपाई कहि नहिडी बसिदिनु
यस ब्रह्माण्डका लागि टु मच फन न हो
,
ठिक छ
पुनः त्यहाबाट थोरै दुरी ट्राभल्ड हानी
तपाईं सोही अघि रहिरहेको स्थानबाट
यहासम्म
कति डिस्टेन्स ट्राभल्ड हान्नुभयो।-मेजर्ड लिनोस।
,
0.55 mm मा हिड्दा पनि तपाईं सोही स्थानमा हुनु
अनि
हजारौ माईल हिड्दा समेत तपाईं सोही स्थानमा रैरहनु
यो त
बेगको मजाक भएन र?
उसो भए
गुरुत्वलाई गोजीमा हाली
यस पृथ्वीबाट
अलिकति माथी सरी जानोस
!
पख्नोस!पख्नोस!
उड्न पाए भन्दैमा त्यति धेरै स्पिड पनि नहान्नोस
दुर्घटना हुन सक्छ
-नेचरलाई फिल गरी।-अघि बढ्नोस।
!
केहि बिद्दानले नबुझी लेखिदिए
हजार माईलको यात्रा १ मिटरबाट सुरु हुन्छ
उनिहरु यहासम्म त सै नै थिए
हो
यात्रा त १ मिटरबाटै सुरु हुने हो
क्यार्नु
मुर्खले पृथ्वीबाट पर भन्न छुटाएछन
बिद्दानहरु त्यसै हुन।-
उनिहरुलाई मिडल फिङ्गर देखाउदै।
-तपाईं अघि बढ्नोस।
,
लौ तपाईलाई बधाई छ
यतिबेला तपाईं
8849 M मा पुगि सक्नु भएको छ
यहिबाट
तपाईको यात्रा सुरु हुनेछ
इन्जोय योर जोर्नी
#शुभयात्रा#
#
@दोस्ताज
