तीन जना उपप्रधानमन्त्रीसहित यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्, कुन मन्त्रालयमा काे मन्त्री ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन ।
जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी आज १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

नयाँ मन्त्रिपरिषद् यस्तो छ–

केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, सहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
कृष्णगोपाल श्रेष्ठ : शिक्षा
वसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला
शेरबहादुर तामाङ : स्वास्थ्य
शरतसिंह भण्डारी : ऊर्जा
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : संस्कृति– पर्यटन
चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
अनिल झा : खानेपानी तथा सरसफाइ
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था
एकवाल मियाँ : युवा तथा खेलकुद
रेणुका गुरुङ : राज्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा