चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना संक्रमण :९ को मृत्यु

बिकल्प श्रेष्ठ

चितवन :चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४१० पुगेको छ ।
जसमा ३४४ जनाको अस्पतालमा उपचार भैरहेको छ । बाँकी होम आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चितवनमा ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा १ जना चितवनका रहेका छन् बाँकी बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु भइसकेको छ ।