
दाङ: दाङ प्रहरीले फरार रहेका प्रतिवादीलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रहरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके बस्ने ३२ वर्षिय बिरवर गरङजालाई पक्राउ गरेको हो । यसअघि पनि उनीमाथी लागुऔषध शिर्षमका मुछा दर्ता भएको थियो
जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सुचनाका आधारमा गरङजालाई लुकिछिपी बसेको अवस्थामा भमकेबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका गरङजाको शरीर चेकजाँच गर्नेक्रममा उनको साथबाट सलाईको बट्टामा लुकाई राखेको एक ग्राम पाँचसय मिलिग्राम बराबरको लागुऔषध (ब्राउन सुगर) १९ पुरिया फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताए ।
प्रवक्त रिजालका अनुसार गरङजा पहिले पनि ब्राउन सुगर मुद्धामा पक्राउ परेका थिए । यसपटक पनि उनलाई ब्राउन सुगर सहित पक्राउ गरी पुनः लागु औषध शिर्षकमा मुद्धा गर्दा गरी सोही अनुसारको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
