
: पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ६३ जना निको भएसँगै नेपालमा ९७ हजार ६ सय ९९ जनामा झरेको हो । अहिलेसम्म नेपालमा चार लाख ७६ हजार एक सय ३० जना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये झन्डै ३२ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार एक सय ८२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ६ सय २४ जना र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परिक्षण गर्दा दुई हजार २९ जना गरी ६ हजार ६ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ८१ हजार पाँच सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा र यसअघिको विवरण प्राप्त भएको सहित थप एक सय एक जनाको काेराेनाका कारण ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार सात सय ३१ पुगेको छ ।
