
दाङ : दाङको बङ्गलाचुली गाउँपालिकाको जीप दुर्घटनामा परेको छ । घोराही-प्युठान सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका ४ पालुथानमा गाउँपालिकाको लु १ झ ६१६ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका छोरा प्रकाशले गाडी चलाएको र उनको सवारी चालक अनुमतिपत्र समेत नभएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाबाट घोराहीतर्फ आउने क्रममा गाडी दुर्घटनामा परेको हाे । गाडीमा रहेका चार जना नै सकुशल रहेकाे प्रहरीले जनाएकाे छ ।
जीप सडकदेखि पाँच मिटर तल खसेर रुखमा अड्किएको छ । गाडी तीव्र गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
