
नेपालमा कला सँस्कृतिको जगेर्ना गर्ने सोचले अघि बढेकf सरकारी र गैर–सरकारी संस्थाहरु कति छन्? कला सँस्कृति नेपाल र नेपालीका धरोहर र सम्पदाहरु हुन् । जसले सारा नेपालीको मानसम्मान र नाम राख्ने गरेको छ । तर कति नेपालीहरुलाइ चेत छ त हाम्रो कला सँस्कृति, सम्पदाहरुलाइ संरक्षण गरेर राख्नुपर्छ भन्ने ? लोप भइराखेका लोकपरम्परा र साँस्कृतिक धरोहरहरु अनि संंस्कारहरुलाइ जोगाउनु पर्छ भन्ने? आफ्नो पहिचान जोगाउन नेपालीहरु आफैँले हैँसेमा होस्टे गरे मात्र सँस्कृति र परम्पराहरु जोगिने हुन् । कुनै विदेशी निकाय र अन्र्तराष्ट्रिय सरकारी र गैर–सरकारी निकाय आएर नेपालको कला सँस्कृति जोगाइदिन पहल गर्ने होइन ।
यस्तैमा नेपाली कला जगत् र सँस्कृति संरक्षणको पाटोमा विगत् १४ वर्षदेखि अनवरत रुपमा कर्णाली आर्टस् सेण्टर नेपाली कला जगतलाइ पहिल्याउँदै अन्तरपुस्तीय अन्तरक्रिया, उद्यमीकरण अनि साँस्कृतिक अधिकारको वकालत गर्दै अघि बढेको छ । यिनै तीन चिजलाइे संस्थाले आफ्नो दर्शनको रुपमा पनि लिएको छ । अध्यक्ष हिरा बिजुली नेपालीको अध्यक्षतामा रहेको कर्णाली आर्ट सेण्टर कर्णालीको प्रतिनिधित्व गर्ने, साँस्कृतिक संरक्षण र सम्वर्दनमा अघि बढेको राष्ट्रिय स्तरको संस्था हो । जसले कर्णालीको मूर्त र अमूर्त (जस्तै भाषा, गीत, नाच, साहित्य, संस्कार र चलनहरु) साँस्कृतिक सम्पदाहरुको दस्तावेजीकरण, अभिलेखीकरण र सम्वर्दन गर्ने सोच लिएको छ । त्यससँगै कला र सँस्कृति जनजीवनसँग सोझो सम्बन्ध राख्दछ र यिनको संरक्षण, पदोन्नित र अभ्यासको माध्यमबाट यी कला, सँस्कृति र परम्परालाइ जोगाइराख्न र अपनत्व जगाउन सकिन्छ भन्ने विश्वास राख्दछ ।
कर्णाली आर्ट सेण्टर वि.सं २०६४ जेठ १० गते चलचित्रकर्मी, रङ्गकर्मी मीनबहादुर भामको संस्थापकीय अध्यक्षतामा कर्णाली थिएटरको नामले स्थापना भएको थियो । जसले स्थापना कालमा थुप्रो अस्थिरता र अनिश्चितता झेल्नु प¥यो ।
राजसंस्थाको अन्तय र दोस्रो जनआन्दोलनपछिको समयमा कर्णालीको मुगुमा यूरोपियन यूनियनमार्फत् सडक नाटकको कार्यशाला प्रदान गरियो । जसअनुरुप कर्णालीमा नयाँ नेपाल नामक सडक नाटक तयार भयो र करिब ४० देखि ४२ प्रदर्शनी गरियो । त्यसबाट केही मात्रामा आर्थिक उपार्जन पनि भयो र कर्णालीमा संस्था खोल्नुपर्छ भन्ने सोचले मीनबहादुर भामको अध्यक्षतामा कर्णाली थिएटर नामक संस्था स्थापना भयो ।त्यसपश्चात २०६५ सालमा कर्णालीका केही सदस्यहरुलाइ लिएर काठमाडौँमा प्रख्यात नाटक कर्णाली दख्खिन बग्दो छ प्रदर्शन भयो । गुरुकुलको आयोजनामा मञ्चन भएको नाटकले काठमाडौँको अति नामी नाटकघर मण्डलाको उद्घाटन पनि ग¥यो । तर यता काठमाडौँमा आइसक्दा विखण्डन भइसकेको संस्था २०६६ सालमा पुन कर्णाली नाट्य समूहको नाममा स्थापना भयो ।
त्यसपछि वि.सं २०६९ तिर अध्यक्ष मीनबहादुर भामसँगै अन्य सदस्यहरुले पनि संस्थाबाट विदा लिनु भयो । जसमा संस्थाभित्रकै अनेककानेक अस्थिरता र अनिश्चितता कारण बनेको थियो । त्यसबेलादेखि हालसम्म अध्यक्ष हिरा बिजुली नेपालीले अध्यक्षताको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । सोही समयमा अध्यक्ष नेपालीले संस्थालाइ सामुदायिक कला केन्द्रको रुपमा स्थापित गर्न पहल गरे । जसको परिणामस्वरुप संस्थामा समुदायको विकास परिवर्तन, चेतनाका कामहरुलाइ आत्मसाथ गर्दै र त्यहाँको लोक परम्परा, लोकसँस्कृति आदि सबैको संरक्षण र सम्वर्दन गर्ने काममा संस्था अघि बढ्यो । सँगसँगै कर्णाली आर्ट सेण्टर रङ्गमञ्चमा मात्र सीमित नभएर सम्पूर्ण कलाका विधाहरुलाइ परिचालन गर्दै अगाडि बढ्यो ।
कर्णालीमा थिएटरको स्वरुपमा स्थापना भएको कर्णाली आर्टस् सेण्टरले हालसम्म कला र सँस्कृतिका अनेक आयामहरु प्रदर्शन गर्दै जगेर्ना गर्दै आइराखेको छ । सोही संस्थाले हालसम्म आइपुग्दा स्थापित हुनुमा बग्रेल्ती उतारचढावहरु भोग्नु परेको छ । निश्चित समयको अन्तरालमा २०० जना सदस्यहरुले काम गरेर आर्थिक सन्तुष्टिको अभावले छाडेर जानु भयो ।
जुन संस्थाको लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको ठहर अध्यक्ष नेपालीले गरेका छन् । यससँगै आर्थिक विपन्नता अर्को चुनौतीकोे रुपमा स्थापित भयो । त्यससँगै सङ्कुचित सोच र रुढिवादी परम्परा रहेको कर्णालीको मुगुजस्तो ठाउँमा केटी कलाकारहरु नपाउँदा केटा मान्छे नै केटी बनेर नाटक गर्नुपरेको भन्ने सम्झना गर्छन् अध्यक्ष नेपाली । त्यसमाथि कलाको राम्रो पहिचान नभइसक्दा (काठमाडौँमा पनि अप्ठेरो परिस्थितिमा) कला क्षेत्रलाइ लिएर अघि बढ्नु अध्यक्ष नेपालीको लागि ठूलो साहसपूर्ण र गाउँछिमेकको भनाइ खाने काम भएको थियो । त्यससँगै धेरै नाटक खेलिसकेपछि पनि कला र कलाकारलाइ सहजै नरुचाइएको अनि विश्वास नगरिएको जस्तो मुस्किल समय पनि ठूलो चुनौतीको रुपमा खडा भएको थियो । तर वर्तमान अवस्थामा तत्कालीन परिस्थितिहरु बद्लिएका छन् ।
वर्तमान परिप्रेक्षमा स्थापित कर्णाली आर्टस् सेण्टरले अनेक कलाका आयामहरु जस्तै आर्टिस्ट इन रेजिडेन्सी, स्कुल टु स्कुल क्याम्पेन, समुदायमा मोबाइल फिल्म स्क्रिनङ्ग, स्टोरी टेलिङ्ग, फोटोग्राफी वर्कशप, भार्ता कार्यक्रम जस्ता योजनाहरु तयार गर्दै र सफलतापूर्वक कार्यान्वयन गर्दै आएको छ ।
यी कार्यक्रमहरुमाथि अध्यक्ष नेपाली इङ्गित गर्छन् कि सँस्कृतिबिनाको कला (विशेष रङ्गमञ्च)को कुनै औचित्य रहँदैन । त्यसैले पनि जत्ति पनि कार्यक्रमहरु आयोजना भएका छन्, सँस्कृतिमाथि केन्द्रविन्दु पारेर नै भएका छ न् ।
संस्थाका तर्फबाट प्रख्यात नाटकहरु कर्णाली दख्खिन बग्दो छ, गर्भछिटा, पाम्पाफूल आदिमाथि पनि कर्णालीको कुरीतिहरु र सँस्कृतिमाथि नाटकले आधारशिला बनाएको छ । कुसंस्कार र कुरीतिहरुलाइ बहिष्कार गर्दै राम्रा र सभ्य पुराना परम्पराहरुलाइ प्रवर्दन गर्दै लाने माध्यमको रुपमा नाटक प्रयोग भएको छ । जसमा व्याप्त छुवाछुत अनि छाउ आदि रहेका छन् ।
कर्णालीको पुराना परम्पराहरुलाइ प्रवद्र्धन गर्दै बाजा दमाहाहरुको प्रयोग र खस भाषाकै प्रयोगमा जोड दिएर नाटक मञ्चन गर्ने क्रममा रङ्गकर्मी, चलचित्रकर्मी संस्थाका अध्यक्ष नेपाली रहेका छन् । कलाका सम्पूर्ण विधाहरु समेट्ने तर्खरमा पनि संस्था जुटेको पाइन्छ ।
यसै अनुरुप कर्णालीमा काठमाडौँबाट ललित कलाका कलाकारहरु लगेर आर्टिस्ट इन रेजिडेन्सी भन्ने अभियान सुरु ग¥यो । जसमा कलाकारहरुलाइ कर्णालीबासीको रहन सहन अवलोकन गर्न दिइयो र चित्रकलाका रुपमा उतार्न दिइयो । परिणामस्वरुप मिति वि.सं २०७५मा कर्णाली गमगढीमा पहिलोपटक चित्रकला प्रदर्शन गरियो । सोही प्रदर्शनीमा पर्फमिङ्ग आर्ट पनि प्रस्तुत गरेर कर्णालीमा नयाँ आयाम थप्न सफल भयो । यससँगै कर्णालीमा नाटकको कार्यशाला, फोटोग्राफीको कार्यशाला, मोबाइल स्क्रिनिङ्ग जस्तो कार्यक्रमहरु आयोजना सम्पन्न भयो । त्यसपश्चात स्टोरी टेलिङ्ग सिरिज र स्कुल टु स्कुल अभियान सुरु भयो । जसमा कर्णाली आर्ट्स सेण्टरले कम्तीमा १० स्कुलहरुमा स्कुलको अतिरिक्त कार्यहरुको समयमा पुगेर विद्यार्थी भाइबहिनीहरुलाइ आफ्नो हजुरबुवा आमाहरुको मुखारविन्दबाट पुराना कथाहरु सुनेर ल्याउन र प्रस्तुत गर्न भनेर भन्यो । जसमार्फत् संस्थाको दर्शन अन्तरपुस्तीय वार्ताको उद्देश्यलाइ जोड मिल्यो । किनकि पुर्खाबाट सुनिँदै आएका गाथा र कथाहरु सुन्नलाइ नयाँ पुस्ता पुरानो पुस्तासँग कुराकानी गर्न बाध्य हुने भए । सोही कार्यक्रमको सफलतास्वरुप संस्थाले अन्र्तराष्ट्रिय नाटक महोत्सवमा विद्यार्थीहरुबाटै प्रतिपादित कथामा बनेको नाटक पम्पाफूल लिएर सहभागी हुन पायो ।
यससँगै पढाइबाहेक विद्यार्थीहरु केके कुरामा इच्छुक छन् । संस्था सोही स्वदेशी कामहरु सिकाउनमा लाग्यो । कसैलाइ बुन्न, सिलाउन मन गर्छ भने सोही काम सिकाउनमा संस्था लाग्यो । जसको ध्येय थियो उद्यमशीलता । पढाइ सकिएपछि जागिर नपाए पनि आफैँ उद्यम गरेर बस्न सकुन् भन्ने संस्थाको एक दर्शन र उद्देश्यबाट प्ररित भएर अभियान सम्पन्न भयो । त्यससँगै भार्ता भन्ने रेडियो कार्यक्रमको योजना तयार भएको छ । जसमा लोकसँस्कृतिको जर्गेना गर्ने काममा क-कसको केके भूमिका रह्यो भनेर कुराकानी हुनेछ ।
यस्तै अन्य सामाजिक चेतना र सुधारहरुमा पनि संस्था लागेको छ । विभिन्न राष्ट्रिय, अन्र्तराष्ट्रिय सरकारी र गैर–सरकारी सङ्घसंस्थाहरुको अगुवाइमा सडक नाटकहरु तयार पार्दै आएको छ । जहाँ मातृमृत्यु दर घटाउने, बालबालिका बेचबिखन विरुद्ध जस्तो विषयमा समाज सुधारक नाटकहरु मञ्चन हुने गरेका छन् । अन्य थुप्रो समाज सुधारक कार्यहरुमा पनि कर्णाली आर्ट सेण्टर रहेको पाइन्छ ।
यस्ता थुप्रै कार्यक्रमहरुमा आवद्ध भएको कर्णाली आर्ट सेण्टरले उनै कार्यक्रमहरु जस्तै कार्यशाला, चित्रकलाको विक्रीवितरण र गाउँकै साथीभाइहरुको आर्थिक सहयोगमा आर्थिकोपार्जन गर्ने गरेको छ । सडक नाटकका अभियानहरुमार्फत् पनि र हातेमालो कलेक्सन भन्ने फण्डिङ्गबाट विदेशी साथीभाइहरुबाट पनि आयआर्जन गर्दै आएको छ । हालसालै कर्णाली टि–सर्ट घरघरमा पु¥याउने अभियानमा आर्ट सेण्टर लागेको पाइन्छ । यिनै कार्यहरुबाट आर्थिक रुपमा आर्ट सेण्टर टिकी राखेको पाइन्छ ।
आर्ट सेण्टरका कलाकारहरु, सदस्यहरुलाइ पनि राम्रो आर्थिक भुक्तानी गर्ने गरेको बताउँछन् अध्यक्ष नेपाल तर सरकारी र स्थानीय सरकारबाट अलिकति पनि आर्थिक सहयोग भने पाएको छैन । प्रश्न उठाउने कार्यमा लागेको भएर पनि स्थानीय सरकारले सहयोग नगरेको भन्ने शङ्का पोख्छन् अध्यक्ष नेपाली ।
अबको आगामी दिनहरुमा कर्णाली आर्ट सेण्टर विगत्का वर्षहरुमा जस्तै रङ्गमञ्च र नाटकको स्वाद चखाउनमा, अन्तरआत्मामा नाटक बसाउन, नाटक बुझाउन, नाटक मन पराउने बनाउन जस्तो कार्यहरुमा लाग्ने अठोट लिएर अगाडि बढी राखेको छ भन्छन् अध्यक्ष नेपाल । नाटकघर सँगसँगै भोटे समुदायको बारे, खस भाषा र समुदायबारे पढाइ हुने एकेडेमीको परिनिर्माण गर्ने योजना र सोचमा संस्था लागेको छ ।
जहाँ विभिन्न जिल्ला र अन्र्तराष्ट्रिय स्तरबाट पढ्न आउनेछन् भन्ने सोच लिएको छ । यसपश्चात भार्ता र स्कुल टु स्कुल अभियानलाइ नै संस्थाले अघि बढाउने सोच लिएको छ । हालको बन्दाबन्दी खुल्नासाथ नै कर्णालीको रेडियोहरुलाइ सदुपयोग गरेर भार्ता कार्यक्रमलाइ अघि बढाएर यस वर्षमा कम्तीमा पनि २४ एपिसडहरु सञ्चालन गर्ने योजना रहेको छ । सँगसँगै स्कुल टु स्कुल अभियान पनि बढाएर २० स्कुलसम्म पु¥याउने र सोही कार्यक्रमको लागि काठमाडौँ अनि अन्य जिल्लाबाट भोलिन्ट्यूर बोलाउनको लागि सोच बनाइराखेको छ । जहाँ बच्चाहरुलाइ सम्हाल्नको लागि कर्णालीमै लामो समय बसेर काम गर्नेछन् ।
आर्थिक उर्पाजन भएपछि मोबाइल स्क्रिनिङ्ग जस्तो कार्यक्रम पुनसुचारु गर्ने योजना लिएको छ । जहाँ बेलुकीपख फिल्म÷चलचित्र देखाइनेछ र फिल्म हेर्ने चलन पनि विकसित हुनेछ भन्ने सोच लिएको छ ।
प्रस्तुती : धिरज थापा मगर
