जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र,रामेछापद्वारा कोरोना पोजेटिभहरुका घर-घरमा पुगि औषधी बितरण

 
रामेछाप :जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली , रामेछापको स्वास्थ्य केन्द्र संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठको नेतृत्वमा आयुर्वेद चिकित्सक डा.नरेन्द्र प्रसाद गिरी लगायतको टोलीले कोरोना संक्रमितहरुको घर घरमा पुगि आबश्यक औषधीहरु बितरण गर्नुका साथै उचित परामर्श सेवा प्रदान गरेको छ ।

उक्त कार्यक्रममा स्वास्थ्य केन्द्रका ब्यबस्थापन समिति अध्यक्ष गोपाल श्रेष्ठ,आयुर्बेद चिकित्सक डा.नरेन्द्र प्रसाद गिरी, बरिष्ठ कविराज निरीक्षक दीपक कुमार कार्की, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीको संयुक्त टोलीले मन्थली नगरपालिका-२, कठजोर आरूबोटेमा कोभिड १९ बाट संक्रमित ३१ जना बिरामीहरूलाई उनीहरूको घर दैलोमानै गई रोग प्रतिरोधात्मक क्षमता बढाउने र लक्षण अनुसार औषधि बितरण गर्नुका साथै आवश्यक परामर्श सेवा समेत प्रदान गरेको छ ।

यसरी डाक्टर सहितको टिम आफ्नो घरघरमानै औषधी लिएर आउनु भई औषधी लगायत आबश्यक परामर्श दिएकोमा स्थानियहरु खुशी हुनुको साथै कोरोना संक्रमित भएता पनि परामर्श पछि मनोवल उच्च भएको एक स्थानियले बताएका छन् ।