पत्रकार ऋषि धमलाद्वारा गृहजिल्ला धादिङ्गमा स्वास्थ्य सामाग्री सहयोग

रेश्मा बिसुङ्के
धादिङ्ग : धादिङ जिल्लाको निलकण्ठ नगरपालिका अन्तरगत ज्यामरुङमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाइम्स टेलिभिजन, काठमाडौंका अध्यक्ष ऋषि धमलाको पहलमा निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

जिल्ला अस्पतालको लागि ५ वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ भने नगरपालिकाको स्वास्थ्य चौकीमा १० वटा अक्सिजन सिलिण्डर, ५००० थान सर्जिकल माक्स, १५० जोर पन्जा, २० वटा फेस शिल्ड र १० गोटा एन ९५ माक्स, रियूजेवल गाउन १० सेट र २०० पिस एन्टीजेन किट सहयोग गरिएको हो ।

कोरोना संक्रमित बढ्दै गएपछि उपचारमा सहज होस भनी सहयोग गरिएको धमलाले जानकारी दिए ।कुनै पनि नागरिकलाई कोरोना संक्रमणका कारण मर्न नपरोस भनेर आफूले सहयोगको अभियान संचालन गरेको उनले बताए । धमलाले जिल्लाको सहयोगको लागि आफू सदैव तयार रहेको प्रतिबद्धता समेत जनाए ।