
लाग्छ हजुरलाइ अलिक सानो हुन मिल्दैन ।
मेरो पनि इज्जत छ शिर झुकाउन मिल्दैन ।
तिमिले आफ्नो औकात गजुर जस्तो बनायौ,
म अछुत हु हेर्न सकिन्छ छुन मिल्दैन ।
उस्ले त ढाडमा टेकेर शिर फोड्न पाहिन्छ,
मैले भने लगाउन अलिकति बैगुन मिल्दैन ।
यदि तिमिलाइ पिडा छ भने अन्तै कतै जाउ,
यो दुनियाँ महफिल हो यहाँ रुन मिल्दैन
