


उनिहरुलाई एकै घरका दाजु भाईले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण सम्पन्न गरेको विश्व किर्तिमानको प्रमाण पत्र प्रदान गरिएको हो। यसरि गिनिज वर्ल्ड रेकर्डसका तर्फबाट प्रमाणपत्र पाउनेहरुमा मिङमा शेर्पा र छाङदावा शेर्पा रहेका छन। नेपाली आरोही दाजु मिङमा शेर्पाले सन २००० देखि २०११ को अवधिमा १४ वटा हिमाल आरोहण अभियान सम्पन्न गरेका थिए।भाई छाङदावा शेर्पाले भने यी हिमालमा सन २००१ देखि सन २०१३ को अवधिमा आरोहण सम्पन्न गरेका थिए।