
देवकी पौडेल,
धादिङ :धादिङबेसी स्थित सदरमुकाममा रहेको अस्थायी कोभिड अस्पतालमा नीलकण्ठ नगरपालिकाले ३३ लाखको लागतमा मिनी अक्सिजन प्लान्ट जडान गरेको छ ।
धादिङ जिल्लाको इतिहासमा पहिलो पटक जडान गरिएको उक्त दुईवटा मिनी अक्सिजन प्लान्टले प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन गर्ने नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिएका छन।
मिनि अक्सिजन प्लान्टको उद्घाटन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले नगरबासी बचाउनुनै अहिलेको काम भएको बताएका छन । अक्सिजनको अभावको कारण कोरोना संक्रमितको मृत्यु हुनुपरेको भन्दै ढुंगानाले अक्सिजनको अभावको कारण कसैको मृत्यु हुन नपरोस भनेर मिनि अक्सिजन प्लान्ट जडान गरीएको बताएका छन ।
प्लान्ट उद्घाटन कार्यक्रममा नगर प्रमुख भिमप्रसाद ढुङ्गना, उप–मेयर मनराज भण्डारी,प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, वडा अध्यक्षहरु गौतमहरी अधिकारी, शिवराज गिरी, होमनाथ रिजाल,गुण बहादुर थपलिया, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेल, स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद रिजाल, स्वास्थ्य शाखा सहं(संयोजक शिव राना, कार्यपालिका सदस्य लगायत पत्रकारहरुको उपस्थिती रहेको धादिङ्बाट आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका अध्यक्ष अनिल कोइरालाले बताएका छन ।
