उदयपुरमा १५ वर्षिया छोरी बलात्कार गरि बुवा फरार

भावना थापा

कटारी :उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ मा १५ बर्षिया छोरी बलात्कार पछि बुवा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय बुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार पिडितले कटारी महिला संञ्जालको सहयोगमा इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् ।
उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिएका छन।

उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको डिएसपीले भण्डारीले बताए । घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडित छोरीले बताएकी छिन् ।

बलात्कार पछि पनि आमा र आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडित बालिकाले बताएकी छन। बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपित विरुद्ध हाडनाताकरणी अन्र्तगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।