लाठी प्रहार गर्दा नवलपरासीमा ५५ बर्षिय पुरुषको मृत्यु

श्री राम न्यौपाने
नवलपरासी :पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा कुटपिटबाट घाईते भएका एक ब्यक्तीको उपचार क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दघाट १२ भटौलीया निवासी अन्दाजी बर्ष ५५ का क्षेदि गोसाई रहेको जिल्ला प्रहरी कार्यलय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन।

मङ्गलबार ७ः५०को समयमा भटौलिया बस्ने अन्दाजी ६० बर्षका स्थानिय बिष्णु आचार्य सग सामान्य बिबाद भएको र बिवाद पछि कुटपिट भएको बुझिन आएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए। मृतक गोसाइलाई आचार्यले लाठी प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेको थियो।

गोसाईलाई चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल लगेर टाउकोमा सात वटा टाका लगाईएको र थप उपचारका लागि बुटवल स्थित तिनाउ अस्पताल पठाईएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको बर्दघाट १२ का अध्यक्ष मान बहादुर मल्लले जानकारी दिए। कुटपिट गर्ने आचार्यलाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।