रियलमीका उत्कृष्ट पाँच स्मार्टफोन

 काठमाडौं :रियलमीले विभिन्न सिरिजका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट ब्याट्री प्रविधि, प्रोसेसिङ पावर, नवीनतम् क्यामेरा, डिस्प्ले सहितका मोवाइल उत्पादन गरी बजारमा ल्याएको जनाएको हो ।

रियलमी, सातौ सिरिज अन्र्तगत रियलमी सेभेन, सेभेन आई सार्वजनिक गरेका छन् । रियलमीका यी फोन ८ जीबी ¥याम, १२८ जीबी फोन मेमोरी र पर्याप्त ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन् । यसैगरी यीनमा तीव्र चार्जिङ प्रविधि पनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सम्भव छ, जुन एकदमै उपयोगी छ । यसको प्रदर्शन अर्को उत्कृष्ट पक्ष हो, जसले प्रयोगका क्रममा आनन्ददायी अनुभूति दिने कम्पनीको दावी छ ।

क्यामेरा अर्को पक्ष हो जसले यस सिरिजको श्रृङ्खलामा रियलमीलाइ उत्कृष्ट बनाएको छ । यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ सर्वश्रेष्ठ तस्विर खिच्छ । रियलमी सेभेनको मूल्य ३५ हजार ९९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९९० रहेको छ ।

रियलमी सी सिरिज अन्र्तगत सी ११, सी १२, सी १५ मोवाइल बजारमा ल्याएको छ । नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट भएको कम्पनीको दावी छ । रियलमीका तीन सिरिज ६.५ इन्च मिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध छन् ।

५ हजार एम एच्को ठूलो ब्याट्रीका साथ रियलमी सी ११, ६ हजार एम एच् ब्याट्रीका साथ सी ११ र तीव्र चार्जिङ क्षमताका साथ ६ हजार एम एच् ब्याट्रीकै साथ सी १५ सिरिजका फोन उपलब्ध छन् । सी ११ मा एआई डुवल क्यामेरा, सी १२ मा एआई लेन्स सेटअफसहितको त्रिपल क्यामेरा र सी १५ मा एआई असीमित आनन्दका साथ चारवटा एआई क्यामेरा राखिएको छ । यी तीनवटै मोबाइलमा नाइट स्केप मोड रहेको छ, जसले रातमा खिचिएका फोटो र भिडियोलाई सुन्दर बनाउँछन् ।

तीनवटै फोन एआई फ्रन्ट क्यामेरा, डवल सीम कार्ड र मेमोरी कार्डका लागि ट्रिपल कार्ड स्लट, वाटरप्रुफ तथा ज्यामेटिय ग्रेडियन्ट डिजाइनमा निर्माण गरिएका छन् । रियलमी सी १२ र सी १५ फिङ्गरप्रिन्ट सेन्सरकासाथ उपलब्ध रहेकोमा सी ११ फेस अनलकसहित उपलब्ध छन् ।

२ जीबी ¥याम र ३२ जीबी स्टोरेजसहित सी ११ फोन १४ हजार ९९० मा, ३ जीबी ¥याम र ३२ जीबी स्टोरेजसहित सी १२ फोन १६ हजार ९९० र ४ जीबी ¥याम र ६४ जीबी स्टोरेजसहित सी १५ फोन १८ हजार ५९० मा उपलब्ध छन् ।