लायन्स क्लव अफ काठमाडौं हाई भिजनद्धारा मदर नेपाल बाल गृहलाई खाद्यान्न तथा स्वाथ्य सामाग्री सहयोग

देवकी पौडेल
धादिङ्ग :कोभिड-१९को दोस्रो लहर सुरु भएदेखि नै लायन्स क्लव अफ काठमाडौं हाई भिजनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।यस संस्थाले गोरखा, चितवन, बाग्लुङ र काठमाडौं, लगायत विभिन्न स्थानमा स्वास्थ्य सामग्री र खाद्यान्न सामाग्री सहयोग प्रदान गर्दै आएको छ ।

यसै सन्दर्भमा क्लवले तारकेश्वर तपोबनमा रहेको मदर नेपाल बाल गृहमा अति आवश्यक स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको छ ।   क्लवले यस बाल गृहलाई नगद २५,००० हजार बराबरको खाद्यान्न सामाग्री समेत सहयोग प्रदान गरेको छ । बालबालिकाहरुको पालन पोषणको लागि सहज होस् भन्ने हेतुले खाद्यान्न सामाग्री (चामल, दाल, तेल, तरकारी )लगाय सामग्री प्रदान गरेको क्लबका अध्यक्ष लायन अग्नि विलास अधिकारीले बताएका छन ।

क्लवलाई विशेष रुपमा समाजसेवी विदुर के.सि ,समाजसेवी हरी ओम् मकाजु , व्यवसायी राजन कँडेल, समाजसेवी लायन हरी कृष्ण श्रेष्ठ लगायतले सहयोग गरेका छन ।

सामग्री हस्तान्तरण कार्यक्रम र संकलनको साथै आफ्नो तर्फबाट पनि विविध सहयोग गर्ने प्रथम उपाध्यक्ष लायन प्रकाश गजुरेल र श्री खण्ड राज कुमार राणालाई विशेष धन्यवाद दिएका थिए ।