
संगीता पहरी
सिन्धुपाल्चोक :सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ५ चोनौटेमा संचालित रत्न राज्य कोभिड १९ आईसोलेसन केन्द्रमा ५३ वर्षिय रत्न तामाङले आत्म हत्या गरेका छन् ।
कोरोना पोजेटिभ देखिए पछि जेठ १७ गते अस्पताल भर्ना भै सामान्य उपचार गराई राखेका तामाङले राती १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या गरेका हुन । हाम फालेर सख्त घाइते भएका तामाङको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको रत्न आईसोलेसन ब्यबस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले जानकारी दिएका छन् ।
उनले के काराण आत्म हत्या गरेका हुन भन्ने कुरा भने अझै पत्ता लाग्न नसकेको बताए । तामाङले आत्महत्या गर्नुको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरि रहेको छ ।
