भिजन महिनावारी बहस : तुलसा पहाडी र बिनिता राईको अनुभव

महिनावारी अर्थात् रजस्वला (नेपालामा प्रचलनमा रहेको शब्दहरु नछुने हुनु,पर सर्नु,छुइ हुनु इत्यादि)महिलाहरुमा हुने प्राकृतिक प्रकृया हो । जब छोरी मान्छेहरु बाल्यकाल्बाट किशोराबस्थामा लाग्छन तब महिनावारी सुरु हुन्छ ।
नेपालामा धर्मिक्,सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरु पनि यस बिषयमा खुलेर बोलेको एक्दमै कम पाइन्छ ।

रजस्वला हुँदा हुने शारिरीक दुखाइ,मानसिक तनाब र हार्मोन परिवर्तन हरु महिलाको स्वास्थ्य संग संबन्धीत बिषय हो । महिलाहरुको प्रतक्ष्य स्वास्थ्य संग सम्बन्ध राख्ने यस बिषयमा खुलेर कुरा नहुँदा महिलाहरुले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरु भोग्नु परिरहेको छ ।
आजभोली शहरतिर अलि अलि चर्चा भएपनि बिकट गाउँतिर महिनावारिलाई हेर्ने दृष्टिकोण अझै पुरानै यथावत छ । जसको कारण कतिपय महिलाहरुले ज्यान गुमाउन परेको छ भने धेरैजसोले बिभिन्न रोगहरुको शिकार भएर बाँच्न परेको छ ।

१)  के हो महिनावारी ?
– महिनावारी भनेको प्रजनन प्रक्रियासंग जोडिएको एउटा प्राकृतिक प्रक्रिया हो,जुन १३ देखि १५ वर्ष भित्रमा सुरु हुन्छ ।
हार्मोन संग सम्बन्धीत हुने हुनाले कसैको चाढो पनि हुनसक्छ,तर यदि १५ वर्ष पुरा हुँदा पनि रजस्वला सुरु भएन भने डाक्टरसंग जचाउन जान पर्छ ।

महिनावारी महिलाको जीवन संग सम्बन्धीत भएको कुरा हुनाले यसको बारेमा सबैलाई जानकारी हुनुपर्छ । भिजन महिनावारी बहसमा यस पटक हामीले २ जनाको अनुभव लिएका छौ ।एक जना  हुनुहुन्छ कलाकार तथा नृत्य निर्देशक तुलसा पहाडी र धरानबाट बिनिता राईको अनुभव हामि याँहा प्रस्तुत गर्दै छौ ।

१ तुलासा पहाडी
१ परिचय
– तुलसा पहाडी (कलाकार, नृत्य निर्देशक )

२)  महिनावारीको पहीलो अनुभव कस्तो थियो ?
पहिलो दिन डर लाग्यो, पछि पछि हुँदै गए पछि डर हटेर आत्मविश्वास बढेझै भान भयो ।

३)  महिनावारी प्राकृतिक प्रक्रिया हो, तर हाम्रो देशमा धर्म र संस्कृतिसंग जोडेर गरिने ब्यबहार कस्तो लाग्छ,यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला?
– एकदमै असराहनीय छ, आराम दिने बाहाना मा विभिन्न चीज बाट वञ्चित गराइन्छ । घर/ समाज स्तर देखि नै जानकार बनाई प्रक्रिया सुरु गर्नु पर्ने देखिन्छ ।

४) महिनावारीको विषयमा नेपालमा भएका बहशहरु कत्तिको प्रभावकारी भएका छन?
– जति पनि भए, बहस सधैं बहस मै सीमित भए व्यावहारिक हुन सकेनन् ।

५) महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याई,महिनावारीको समयमा गरिने गल्तिहरुबाट हुने क्षति जस्तै मृत्यु हुने वा डरलाग्दो रोगहरुको शिकार हुने, जस्ता कुराहरुलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति,कार्यक्रमहरु ल्याउनु पर्ला ?
– नीति सरकारले ल्याइदिएर मात्रै हुँदैन जब हाम्रो घर, समाज मै नीति कार्यान्वयन गर्ने या व्यवहार मा परिवर्तन ल्याउन आँट गर्ने मान्छे हरु हुन जरुरी छ ।

६) महिनावारीसंग सम्बन्धीत विषयको बहस कार्यक्रममा सरकारको भूमिका कस्तो छ ?
– यो समाज तथा स्थानिय स्तर बाट माथि जान पर्ने कुरा हो माथि बाट आएको आदेश ले समाज को सोच परिवर्तन सम्भव छैन। सरकारको भूमिका अब्बल छैन र भएपनि त्यसले प्रभावकारी रुपमा काम गर्दैन।

२ – बिनिता राइ
१ परिचय
नमस्कार म बिनिता राई धरान बाट अहिले म २५ बर्षको भए, म धरान मा जन्मिए र अहिले यहि बसिरहेको छु ।

२ महिनावारीको पहीलो अनुभव कस्तो थियो ?
– मेरो महिनावारीको पहिलो अनुभव खासै त्येस्तो पिडादायी रहेन,जस्तो सुनिन्छ,पढिन्छ ।
– साथीहरु आफ्नो पहिलो अनुभव सुनाउँदा अत्याधिक मात्रामा पेट दुखेको, ढाड दुखेको र गाह्रो भएको कुराहरु सुनाउछन ।
– तर मेरो सामान्य नै रह्यो ।
– म १४ बर्षको हुँदा पहिलो पटक महिनावारी भएको थिए,घर परिवारले महिनावारीको विषयमा केहि नभनेपनि दिदिले (फुपुको छोरी)ले कपडाको टालो लगायको धोएको देखेको थिए । शौचालय जादा रगत आयो,आमालाई भने तँ पर सरिस कपडाको प्याड (टालो) लगाउन पर्छ भन्नुभयो त्यो मैले पहिलेनै बुझिसकेको थिए दीदिले लगाएको देखेर ।
३ महिनावारी प्राकृतिक प्रक्रिया हो, तर हाम्रो देशमा धर्म र संस्कृतिसंग जोडेर गरिने ब्यबहार कस्तो लाग्छ,यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला?
– परिवर्तन हुनु पर्ने कुरा हो । हाम्रो किरात समुदाए हरुमा खासै महिनावारिलाई लिएर त्येस्तो नराम्रो ब्यबहार गर्ने परम्परा छ जस्तो मलाइ लाग्दैन । अनि अरु पनि कुनै धार्मिक ग्रन्थहरुमा महिनावारीमा भेदभाव गर्नुपर्छ भनेर लेखेको पनि छैन होला । हामि भन्दा अघिल्लो पुस्ताले जे गर्यो त्यै नै पछ्याएको मात्रै हो जस्तो लाग्छ । अब जे थियो त्येसैलाई पछ्याउने भन्दा पनि के गर्दा सुरक्षित हुन्छ भन्ने बुझेर हाम्रो संस्कारहरु परिवर्तन गर्नु पर्छ । त्येस्को लागि हामिले प्रयास गर्नुपर्छ ।
४ महिनावारीको विषयमा नेपालमा भएका बहशहरु कत्तिको प्रभावकारी भएका छन?
– बहस त् भर्खर त् सुरु भएको छ, त्यो पनि महिला महिला बिच मात्र, यो महिलाले मात्रै गरेर परिवर्तन शम्भव हुने कुरा हैन,महिला पुरुष दुबैले यसको महत्व र जटिलता बुझेपछि मात्रै बहस प्रभावकारी हुन्छ ।
५ महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याई,महिनावारीको समयमा गरिने गल्तिहरुबाट हुने क्षति जस्तै मृत्यु हुने वा डरलाग्दो रोगहरुको शिकार हुने, जस्ता कुराहरुलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति,कार्यक्रमहरु ल्याउनु पर्ला ?
– यसको निम्ति पहिले त् सरकारले सबै जनतामाझ महिनावारीको जटिलता यसले महिलाको शारीरिक मानसिक स्वास्थ्यमा पार्ने असरको बारेमा सम्पूर्ण जानकारी पुर्याउन पर्छ । त्येस्पछी महिनावारीको समयमा प्रयोग गरिने कपडाको कारण संक्रमण बढ्ने हुँदा के कस्ता सुरक्षित सामाग्रीहरु प्रयोग गर्न सकिन्छ भन्ने बुझाउने,सकभर देशभर प्याड निसुल्क उपलब्ध गराउने कार्यहरु गर्नुपर्छ ।
६ महिनावारीसंग सम्बन्धीत विषयको बहस कार्यक्रममा सरकारको भूमिका कस्तो छ ?
– अहिले तत्कालको कुरा हो भने सरकारको सक्रियता शुन्य छ, तर आशा गरौ चाढै केहि प्रभावकारी कार्यक्रम सहित अगाडी बढ्ला र हामीले पनि सरकार हाम्रो स्वास्थ्यको बारेमा चिन्तित छ भन्ने अनुभूति गर्न पाउछौ होला ।
धन्यवाद ।