
काजिराम अधिकारी
धादिङ्ग : धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.७ स्थित त्रिपुरेश्वर स्वास्थ्य चौकीमा अक्सिजन सहितको ६ बेड तयार भएको छ । स्थानिय समाजसेवी बिष्णु सिंखडाले आफ्नो ब्यक्तिगत सहयोग स्वरुप १ जना स्वास्थ्यकर्मी (एच.ए.)ब्यबस्थापन गरेका छन ।
पुर्ब बिज्ञान तथा प्रबिधी मन्त्री मा.कल्पना धमला लगायत समाजसेवीहरु धुर्ब अधिकारीर, धुर्ब बिक्रम मल्ल साथै समाजसेवी तथा पर्यटन ब्यबसायी सितल चन्द्र धरेल बाट विभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएका थिए ।
उनीहरुले अक्सिजन सिलिण्डर, पि.पि.ई. मास्क, अक्सिजन फ्लोमिटर, पल्स अक्सिमिटर, स्यानिटाईजर लगायत अन्य औषधीहरु सहयोग स्वरुप वडा अध्यक्ष देवराज धरेल तथा वडा सचिव ज्ञानेन्द्र ज्योती थापालाई हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्री हस्तान्त्रण गरेपश्चात उक्त स्वास्थ्य चौकिमा अक्सिजन सहितको ६ बेड तयार भएको वडा अध्यक्ष देवराज धरेलले जानकारी दिएका छन । साथै सहयोग उपलब्ध गराउने सबै दाताहरुलाई त्रिपुरासुन्दरी गाउँपालिका ७ नं. वडा तथा वडाका जनप्रतिनिधीहरुको तर्फबाट धन्यबाद ज्ञापन समेत गरेका थिए ।
