छोटो समयमा उपभोक्ताहरुको मन जित्न सफल टि बि सि अर्गानिक

काठमाण्डौ :भारतको भेदा हर्बल्सद्धारा उत्पादित टिबि सि ब्राण्डका ८५ भन्दा माथि उत्पादनहरु बिक्रिवितरण गरिरहेको बि जि बि मार्केटिङ प्रालिले आफ्र्नो कार्यकालको ६ वर्ष पुरा गरी सकेको छ ।यस कम्पनिले ६वर्षको अन्तरालमा पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म ४४ वटा जिल्लामा बजार विस्तार गरेको छ ।यस कम्पनिले स्कीन केयर र हेयर केयर सम्बधी उत्पादनहरुलाई बढी प्राथामिकतामा राख्दै कार्य सपादन गरिरहेको छ ।डण्डीपेर चायाँपोतो ,चाउरीपना जस्ता जटिल समस्यालाई न्यूनिकरण तथा निर्मुल पार्न एन्टीपिपल क्रिम ,एन्टी ब्लिमिश क्रिम, एन्टी एजिङ क्रिम जस्ता उत्पादनहरुको बिक्रि गरिएको छ ।

साथ साथै यस कम्पनिले फेसवास ,सनब्लक क्रिम, फेसप्याक,स्क्रिम र अन्य उत्पादनहरु रहेका छन ।उत्पादक कम्पनिका अनुसार टि बि सि अर्गानिक सन प्रोटेक्सन क्रिम,प्रविन सिलिकन र एल एल पि जस्ता हानिकारक केमिकल्स रहित भएकाले यसले विभिन्न प्रकारका छालाका रोगहरु र छालाको क्यान्सरका्े जोखिम पनि न्युन गरेको कम्पनीको दाबि छ । कम्पनिले ६ वर्षको अन्तरालमा आफ्ना ग्राहक तथा बिक्रेताहरुका लागी विभिन्न प्रकारका योजनाहरु प्नि ल्याउने गरेको छ ।निकै छोटो समयमा उपभोक्ताहरुको मन जित्न सफल भएको यस टिविसि ब्राण्डले बजारमा आफुलाई स्थापित गरिरहेको छ । टिबिसि ब्राण्डले आगामि दिनहरुमा विभिन्न समस्याका लागी समाधान स्वरुप नया उत्पादनहरु बजारमा भित्र्याउने तयारी गरेको छ ।