
Dear अधिकारि,
मलाइ थाहा छ तिम्रो जिन्दगीको अधिकार अरु कसैसंग छ,तिमि संग अरु कसैको जिन्दगीको अधिकार छ ।
सायद अब तिमीलाई Dear सम्बोधन गर्ने अधिकार पनि म संग छैन होला,यो अन्तिम पटक हो आहिन्दा तिमिलाई सम्झिएर आफुलाई कहिकतै पोख्ने छैन । अन्तिम पटक विस्वास गरिदेउ है …
१० वर्ष कटेछ मैले आफुलाई रोकेर राखेको,म अहिलेसम्म त्येही थिएँ , जहाँ तिमीले अन्तिम पटक देखेकी थियौ । शारीरिक हिसावमा केहि परिवर्तन भएँ हुँला तर मानसिक रुपले म अझै पनि त्येही थिएँ। जहाँ आशा/ भरोषाको एउटा किस्सा सकिएको थियो । जहाँ एउटा सपनाको उमेर सकिएको थियो,जहाँ जीवनको एउटा बाटो सकिएको थियो ,सम्बन्धको भबिष्य सकिएको थियो,जहाँ अलिकति म सकिएको थिएँ र सायद अलिकति तिमि सकिएकी थियौ…. ।
झट्ट सुन्दा स्वाभाविक लाग्ने कतिपय कुराहरु महसुश हुँदा गाह्रो हुँदो रैछ । एउटा व्यक्ति छुट्दा सम्बन्ध मात्रै छुट्दैन रैछ, आत्मसम्मान,भरोषा,सपना,लक्ष्य संगै जिन्दगीको एउटा अध्याय छुट्दो रहेछ । त्यो अध्याय जहाँ जीवनको सबैभन्दा उर्जा हुन्छ,सपना हुन्छ,अठोट हुन्छ र हुन्छ गन्तव्य ।
मिल्छ भने यसलाई गुनाशो नसम्झिनु यी मेरा अनुभवहरु हुन् जो तिमीलाई थाहा हुनुपर्छ ,कनकि यी सबै तिमीले जाँदा जाँदै दिएर गएको उपहार हुन्, जस्लाई सम्हाल्नु मेरो कर्तब्य थियो । र तिम्रा उपहारहरु सम्हाल्दा सम्हाल्दै म खुद सम्हालिन भुलेछु ।
सम्बन्धको लामो कथा लेखेर तिमीलाई गलत सावित गर्नु मेरो उदेश्य हैन।
तिमीलाई दोषी देखाएर आफुलाई चोख्याउन पनि म चाहान्न्न ।
गल्ति गल्ति हो र गल्ति हामि दुबैको थियो सायद ।
वस यति हो तिमीलाई केहि भन्नु छ अन्तिम पटक ।
अब म अगाडी बढ्दैछु ।
जीवनका पछिल्ला केहि बर्षहरु जहाँ म बाँचे,हाँसे,घुमें,रमाएँ त्येहाँ तिमि थियौ । भौतिक रुपमा तिम्रो उपस्थिति गुमेको त बर्षौ भैसक्यो तर मैले कहिल्यै तिमीलाई आफुभन्दा पर राख्न सकिनछु । तिमि घुमिरह्यौ मेरो वरिपरी अथवा मैले राखे तिमीलाई आफुसंगै ?
तर जहाँ म थिए त्येहाँ तिमि थियौ । तिमि हुनुले पक्कै पनि म मुस्कुराएं,खुशी भएँ तर तिमि नहुनुले के असर गर्थ्यो त्यो अहिले म भन्न सक्दिन,किनकि तिमि नहुँदाको म..स्वयम् मैले देखेको,चिनेको,भेटेको थिएन ।
जिन्दगीलाई आदतले मार्छ भन्ने कुरामा आजसम्म मेरो विस्वास बसेको थियो,म बसेको रहेछु ।
किनभने तिमीलाई सम्झिने आदतले मलाइ त्येही रोकिदियो जहाँ म अन्तम पटक थिएँ,जहाँ तिमि म संग अन्तिम पटक थियौ।
बर्षौ भयो मैले आफुलाई त्येहाँबाट निकाल्न खोजेको तर आदत्……..
भन्छन नि ठेस त्यै खुट्टामा लाग्छ जहाँ घाउ हुन्छ ।
ठ्याकै त्येस्तै …….
मैले पत्यईरहे,मलाई घाउमै ठेस लाग्यो भनेर र दूखिरहे हरेक पटक,जब-जब तिमीलाई सम्झीए ।
हामि कति परनिर्भर छौ है ?
हामीलाई घाउ अरुले लगाउछ,दुखाइ अरुले देख्छ,र उपचार पनि अरु कसैले गरिदिन्छ । परनिर्भरताको पनि सिमा हुँदो होला कि नाई जसरि हाम्रो यात्राको थियो ?
सिमित समय संगै गरेको यात्राको सम्झनाले किन असिमित पोल्छ ? यो पोलाईको सिमितता छ कि नाई ?
हुन् त् यी प्रश्नहरु र यिनीहरुका उत्तरहरु औचित्यहीन भैसके ।
जीवन फरक भैसक्यो,यात्रा मोडिएर बिपरित भैसक्यो फेरिपनि दोवाटोका यादहरु संगै छन्,गोरेटोमा भेटिने आशाहरु कहिल्यै मरेनन,आज मर्यो ।
कुनै दिन तिमिले सोधेकी थियौ त्येही छौ कि अगाडी बढ्यौ ? त्येतिबेला ढाटेको थिएँ आज सत्य भन्दै छु …. म अगाडी बढे ।
त्येहाँ देखि अगाडी जहाँ तिमि थियौ,त्येहाँ देखि अगाडी जहाँ म स्वयम् थिए। जसले आशामा श्वास फेर्यो तर बाँचेन। त्येहाँ देखि अगाडी जहाँ बाट अब गोरेटो भेटिने छैन,र तिमि भेटिने छैनौ … ।
सुन न …
कति प्रेम गरे भन्न सकिन हुँला,धेरै गल्तिहरु गरे हुँला,सजाए भोगेर सकियो है ..
तिम्रो सम्झनाको पिंजडाबाट निस्किएर म स्वतन्त्र जीवनको सफरमा निस्किएको छु नयाँ यात्रामा …. ।
जहाँ म हुनेछु केवल म,मात्रै म र मेरो यात्रा सायद सहयात्रा …
मलाई कसैले बुझाइसक्यो समस्या आफैभित्र हुन्छ र त्येस्को समाधान पनि …. ।
