प्रहरी निरीक्षकले वडा अध्यक्षमाथि गरेको व्यवहार प्रति तुलसीपुर उपमहानगरपालिकाका १० जना वडा अध्यक्षहरुको आपत्ति

दाङ :नेपाल प्रहरीका अधिकृत( प्रहरी निरीक्षक)ले जनताको काममा खटिएका घोराही उपमहानगरपालिका वडा न. १५का वडा अध्यक्ष रमेश कुमार पाण्डेयलाई गरेको व्यवहार प्रति तुलसीपुर उपमहानगरपालिकाका १० जना वडा अध्यक्षहरुले आपत्ति जनाउदै भ्रत्सना गरेका छन ।

कोभिड माहामारीको यो महा प्रलयमा आफ्नो जीउज्यानलाई हत्केलामा राखी जनताको जीवन रक्षामा अहोरात्र खटिने स्थानीय सरकारका प्रतिनिधि घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष एवं नेपाली कांग्रेशका युवा नेता रमेश कुमार पाण्डेय माथि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक रामनारायण गुप्ताबाट भएको अमानवीय, अभद्र, अशिष्ट र पशुत्व व्यवहारको घोर भत्सना गर्दछौं संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ ।

संघीय गण्तन्त्रको अभ्यासमा स्थानीय सरकारका प्रतिनिधिहरु रातदिन जुन समयमा पनि खटीनु पर्ने जस्तो सामान्य अवस्थाको समेत हेक्का नभएका यस प्रकारका सुरक्षा कर्मीबाट भएको यो व्यवहार बर्तमान सरकारको आडमा भएको र यस्तो पशुत्व व्यवहारले कोही कसैको हित नगर्ने भन्दै वडा अध्यक्षहरुले स्थानीय सरकारका प्रतिनिधि उपर यस प्रकारको व्यवहार हुन्छ भने अन्य सर्बसाधारण जनताले कुन तहको शान्ति सुरक्षाको अनुभूति गर्लान ? यस प्रकारको पशुत्व व्यवहार गर्ने प्रहरी निरीक्षक गुप्तालाई तत्काल कारवाही गर्न जोडदार माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न.७का अध्यक्ष टोपबहादुर केसी १० का अध्यक्ष कुमार लामिछाने तुलसीपुर उपमहानगरपालिका ९नंका वडा अध्यक्ष घनश्याम ढकाल तुलसीपुर उपमहानगरपालिका वडा नं २का अध्यक्ष तताथ नेपाली काग्रेस जिल्ला सदस्य राजु आचार्य वडा नं ५का वडा अध्यक्ष बीरेन्द्र कुमार शाह वडा नं ८का वडा अध्यक्ष बेदबहादुर केसी वडा नं ११का अध्यक्ष चित्र बहादुर वली , वडा नं १४का वडा अध्यक्षा परशुनारायण चौधरी वडा न. १७का वडा अध्यक्ष थलराज पुरी , वडा नं १३ का कार्यबहाक वडा अध्यक्ष बिनोद पाण्डेले संयुक्त रुपमा विज्ञप्ती निकालेर भत्सना गरेका छन ।