
देशमा निषेधआज्ञा जारीगरेको करिब एक महिना बढी नै हुन लागेको छ । कोरोना नियन्त्रण तथा रोकथामको गतिलो र प्रभावकारी विकल्प निषेधआज्ञा नै भएकाले सरकारले बैशाख १५ गते देखि यसलाई जारी राखेको छ । यसअवधिमा बिशेषगरी कोरोना नियन्त्रण तथा रोकथाममा हामी सबैको उत्तिकै महत्वपुर्ण भुमिका देखिएको छ । विश्व महामारीको रूपमा फैलिरहेको कोरोनाको दोस्रो चरणको महामारी र राजनीतिक खिचातानीको बिचमा सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यादेश मार्फत आर्थिक बर्ष २०७८/७९ को जम्बो बजेट प्रस्तुत गरेका छन् । बिशेषगरी बजेटले युवा,वृद्ध वृद्धा , कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा कस्तो व्यवस्था गरेको छ त? कोरोना र राजनीतिक खिचातानीका बीचमा अध्यादेशबाट ल्याएको बजेट र यसको चासो र बजेट कार्यन्वयनमा चुनौती र सम्भावना सँगै कोरोनाको महामारीमा नेपाल स्काउटले के कस्ता कार्य गरिरहेको छ र सरकारलाई कसरी सहयोग गर्न सक्छ त? भन्ने बिषयमा नेपाल स्काउट लुम्बिनी प्रदेशका अध्यक्ष दिननाथ भट्टराई सँग “जनतासँग सबाल जवाफ सुझाव सरकारलाई”बिषयमा
भिजन न्यूज नेपालका बुटवल संवाददाता दिपेश राज नेपालले कुराकानी गरेका छन् ।
अहिले चौतर्फी बजेटको चर्चा परिचर्चा छ । सरकारले ल्याएको बजेट तपाईंलाई कस्तो लाग्यो ?
बजेट समग्रमा राम्रो छ । यस्तो कोरोनाको महामारीले नेपाली जनताको स्वास्थ्यलाई मध्यनजर गरेर ल्याईएको छ।यो बजेटले सबै क्षेत्रलाई समेटेको पनि छ त्यस कारण यो बजेट वितरणमुखी नभई विकासवादी र आशावादी बजेट हो भन्न चाहन्छु ।
सरकारले वृद्ध भत्ता बढाएपछि वृद्ध वृद्धाले “बेसहाराको लागि बुढेसकालको सहारा बन्दै छ सरकार” भनेर खुशी बाँड्दैछन् तर भुमिहिन सुकुम्बासीले लालपुर्जा पाएर खुशी कहिले मनाउलान?
सरकारले कानुनी आयोगको गठन गरेको छ। सरकार तल माथि भएपनि आयोगको काम अगाडि बढ्छ नै।वास्तवमा अहिलेको सरकार बृद्ध र जेष्ठ नागरिकको लागि सहारा बन्दै छ।निम्न आय भएका परिवारको लागि बार्षिक ४८,००० रकम सामान्य कुरा होइन ।एकै घरमा दुइ जना जेष्ठ नागरिक भएको घरमा झन्डै बार्षिक १०,०००० लाखले सामान्य परिवारलाई गुजरा चलाउन गार्हो पर्दैन। स्वस्थको छेत्रमा पनि जेष्ठ नागरिकलाईि बिशेष सहुलियतको ब्यब्स्था मिलाईएको छ भने कतिपय रोग जस्तै मुटु , कलेजो , अल्पाइन मृगौला जस्ता रोगहरुमा निशुल्क उपचारको ब्यब्स्था हुँदा सरकार सहारा बन्दै छ ।अर्को कुरा सुकुम्बासीको कुरा छ यो यदि परिस्थिति अनुकुल बन्यो र राजनीतिमा थप जोड घटाउ भएन भने निश्चिति रूपमा रातो पुर्जा पाउँछन आधार दरिलो बनेको छ ।
तपाईँ एक यूवा पनि हुनुहुन्छ। शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने बजेटमा उल्लेख गरेको छ के यो चुनावी रणनिती मात्र हो कि कार्यान्वयन पनि हुन्छ होला त?
हामीहरु सबैमा अल्लि आत्ति हाल्ने समस्या छ । निश्चित रुपमा यो युवाहरु र स्वदेशमै केहि गर्न खोज्ने युवा हरुको लगि अवसर नै छ ।सरकारले यो कार्यन्वयन पनि गर्छ म यसमा पूर्णरुपमा विस्वस्त नै छु।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई पहुँचवालाले मात्र काम पाउने कार्यक्रमको रूपमा देशैभरि देखिएको छ।के सर्वसाधारणले काम पाउनका लागि नेताको गुणगान गाउनै पर्ने र पाटीको झण्डा उचाल्नै पर्ने हो ? प्रधानमन्त्री स्वरोजगारको आबश्यकता र औचित्य किन र केका लागि?
प्रधानमन्त्री स्वरोजगारका कार्यक्रम सम्बन्धित पालिकासँग जोडिएको बिषय हो। स्थानीय सरकारले परिचालन गर्ने हुँदा सम्बन्धित पालिकामा निम्न आय भएका बेरोजगार नागरिकहरुलाई कम्तिमा १०० दिनको स्वरोजगारी दिदा उहाहरुको जिबिकोपार्जनमा सहयोग मिल्छ। त्यसैले यो नेता का मान्छे होइन आम नागरिकको पहुँचमा पुग्ने कार्यक्रम हो।कहिँ कतै यस्तो देखिन्छ भने त्यसलाई संयोगका रूपमा लिन सकिन्छ ।यसको आबश्यकताको कुरा गर्दा निकै महत्वपूर्ण छ।
हामीमा बचत गर्ने बानी बसाल्नु पर्छ । निम्नतम १५,००० मासिक आम्दानी हुन्छ र कम्तिमा १०० दिनले कति हुन्छ।त्यसमा हामीले कति खर्च गर्ने र कति बचत गर्ने भन्ने योजना बनाउन सक्नुपर्छ । दीर्घकालिन योजनामा त युवाहरुलाई इलम सिकाएर उद्योगी बनाउने स्वरोजगारी गराउने गरि युवा लक्षित कार्यक्रमहरु आएकै छन नि।
सरकारले तीन बर्ष भित्र रासायनिक मल कारखाना सञ्चानलमा आउने भनेको छ ? किसान लाई मल दिन नसक्ने सरकारले के मल कारखाना सञ्चालन गर्न सक्ला त! तपाई को बिचार के छ?
यो प्रश्नले नै जवाफ् दिइरहेको छ । बजेट अत्यन्तै राम्रो छ यो बजेटलाई कार्यन्वयन गर्न सबै लाग्न पर्ने होइन र ? अनि असम्भब भन्ने नै केहि हुँदैन। सम्भाब्यता अध्ययन गरेर नै सरकारले यो योजना ल्याएको होला।सरकारले कति पय तपाईं हामिले नै परिकल्पना नगरेका कार्यक्रमहरुमा कामको गति लिरहेको छ । सुरुङ मार्ग हेर्नुस , तराइ मधेस द्रुत्र मार्ग हेर्नुस मदन भण्डारी लोक मार्ग हेर्नुस अन्य थुप्रै छन्
तपाई नेपाल स्काउटको लुम्बिनी प्रदेशको अध्यक्ष समेत हुनुहुन्छ ।कोरोना महामारीको बेलामा नेपाल स्काउट लुम्बिनी प्रदेशले के कस्ता कामहरू गरिरहेको छ? र सरकारलाई कसरी सहयोग पुर्याइरहेको छ र अन्य थप योजनाहरु के छन् ?
नेपाल स्काउटले आफ्नो संरचनालाई राज्यको संरचना कै आकारमा बिस्तार गर्ने गरि नेपाल स्काउटको प्रदेश संरचना सातै प्रदेशमा गरेको छ। मैले लुम्बिनि प्रदेशको स्काउटको संयोजकको जिम्मेवारी ७७ साल मंसिर १४ गते सपथ ग्रहण गरेको थिएँ ।
नेपाल स्काउटको यो ऐतिहासिक कदम थियो हामी नयाँ अभ्यासमा थियौ। स्काउट प्रदेश कार्यलयको ब्यबस्थापन देखि नितिगत कुराहरुको ब्यबस्था पनि गर्नु थियो । हामीले सर्बप्रथम त प्रदेश कार्यलयको ब्यबस्थापन गर्यौँ। ७७ मंसिर २६ गते देखि नै हामी आफ्नो अभियान सन्चालनमा लाग्यौ। त्यस सँगै युनिसेफ सँग सहकाकार्य गरि कोभिड १९ सम्बन्धि सचेतनाका कार्यक्रम लुम्बिनि प्रदेशका ४ ओटा जिल्ला रुपन्देही , कपिल्बस्तु , नवलपरासी र बाके मा संचालन गरिरहेकाका छौ ।जुन निरन्तर संचालन गरिरहेने छौ ।जस्मा हालसम्म ४५०० स्वयम सेवक परिचालन भइ सकेका छन ।
दोश्रो हामीले नेपाल स्काउटको सथानिय पालिका समिति निर्माणगरि लुम्बिनी प्रदेशको १०९ पालिका समिति गठान गरि सकिएको छ । हामीले १० जनालाई बिपत ब्यबस्थापन तालिम दिएका छौ ।भने ३० जना लाई स्काउट रोबर रेन्जर मास्टर तालिममा सहभागि गराएका छौ । ६० जना बालबालिकाहरुलाई प्रधानमन्त्री संग बालबालिका भन्ने कार्यक्रममा सहभागी गराइ उनीहरूको क्षमता अभिबृद्धि गराएका छौ कोभिड को यस महामारीमा अस्पताल सम्म जान नसक्ने वा विभिन्न रोग लागेर पनि घरै बस्नु पर्ने बाध्यात्मक परिस्थिति भएकालाई “समस्या तपाईं को पहिचान र सहायता “हाम्रो हेल्लो डाक्टर कार्यक्रम संचालन गरि घरै बाट १५ जना विशेषज्ञ डाक्टरहरु संग निशुल्क परामर्श सेवा संचालन गरिएको छ ।यसमा हाल सम्म ५०० जनाले सेवा लिईसकेका छ्न। अनि विभिन्न खोप केन्द्रहरुमा स्काउटका स्वयंसेवकहरु परिचाल गरिएका छन ।अब हामीले
आउने कार्यक्रमहरुमा कोभिड सम्बन्धि सचेतना सहायता कक्ष संचालन लुम्बिनी प्रदेश का मुख्य शहर हरुमा सन्चालन हुँदै छन।
नेपाल स्काउटको व्यापकता वा भनौँ स्कुल स्कुलमा गठन तथा सञ्चालन गर्न के गर्नु हुन्छ थप योजना के छन्?
अहिले कोरोना महामारीको कारण देशैभरिका शैक्षिक संस्था बन्द छन।सरकारलेे यो आर्थिक बर्षमा सम्पुर्ण सामुदायिक विद्यालयहरुमा स्काउटिङ शिक्षा लागु गर्ने गरि बजेट भाषणमा प्राथमिकतामा राखेको छ। यो कार्यन्वयन गर्ने गरि हामी अगाडि बाटनै तयारीमा थियौ अथवा हाम्रो उदेश्य नै हरेक सामुदायिक र संस्थागत विद्यालयमा स्काउटिङ शिक्षा लागु गर्नु पर्छ। जसले गर्दा अहिले अलिकति बिचलित समाजमा सहयोगी भावना हराइ सकेको छ , नैतिक शिक्षा बालबालिकामा हराइ सकेको छ ।
तेसैले हरेक बालबालिका र किशोर किशोरी र युवा जुन ६ देखि २५ बर्ष सम्मका बालबालिका र युवाहरुलाई स्काउट शिक्षामा जोड्दै उनीहरुको शारीरिक , मानसिक, बौद्धिक र आध्यात्मिक चिन्तनको बिकास गराउँदै परिवार ,समाज र राष्ट्र प्रति समर्पित नागरिक उत्पादन गर्दै देश बिकासमा टेवा पुर्याउनु नै हाम्रो उदेश्य रहेको हुँदा अब हरेक बालबालिका र युवा हरुको पहुँचमा स्काउटलाई पुर्याउदै हरेक विद्यालयमा स्काउटका युनिटहरु सञ्चालन आउने कुरामा पनि शंका मान्नु प्रदैन ।
यदि कोभिडले हामीलाई नछेकेको भए अहिले सम्म हामीले धेरै विद्यालयमा पुर्याई सक्ने थियौ। यो शैक्षिक सत्रबाट धेरै स्काउटका युनिटहरू संचालनमा आउने छन।हाम्रै कार्यकालमा सबै विद्यालयमा नेपाल स्काउट पुग्नेछ ।
-प्रस्तुति :दिपेश राज नेपाल ,बुटवल
