आई.सि.डि.सीद्वारा नेत्रावती डबजोङ्ग गाउपालिकालाई नगद सहयोग हस्तान्तरण

काजिराम अधिकारी,
धादिङ्ग : एकीकृत सामुदायिक बिकाश अभियान (आई.सि.डि.सी.) मार्फत धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ गाउँपालिकाका स्थानिय बासिन्दाहरुको कोरोनाको उपचार तथा रोकथाममा सहयोग पुर्याउने उदेश्यले गाउपालिकालाई नगद रु १५,००,००० (रु पन्ध्र लाख) सहयोग गरिएको छ ।

उक्त सहयोग रकमको चेक गाउपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्य लाई आई.सि.डि.सी. का सचिब शालिक राम दुवाडीले हस्तान्तरण गरेका छन ।
उक्त नगद सहयोग हेफर ईन्टरनेशनल संस्थाको सहयोगमा आई.सि.डि.सी. द्वारा हस्तान्तरण गरिएको संस्थाका सचिब शालिक राम दुवाडीले जानकारी दिएका छन ।