
बुझिसकेँ अब त सम्झाइबुझाइ गर्नुपर्दैन।
कृपया! माया गरेर मेरो भलाइ गर्नुपर्दैन।।
प्रेमको बिरुवा रोप्ने भए यी आँखामा रोप।
यहाँ रोपेपछि कहिल्यै सिंचाइ गर्नुपर्दैन।।
मान्छे मान्छे बीच फरक हुनेरहेछ भोक पनि।
गरीबको बच्चालाई कोखाइकोखाइ गर्नुपर्दैन।।
सिधै छातिमा टेक्नुको कारण के हो सोध्छौ।
तिम्रो स्वच्छ हृदयमा सरसफाइ गर्नुपर्दैन।।
सुख,दु:ख,दुस्मन, यस्तै-यस्तै केही चीजहरू।
जिन्दगीमा स्वत: आँइपुग्छन् कमाइ गर्नुपर्दैन।।
