
काठमाडौ :राकेश योगीको स्थायी ठेगाना कालिकोट जिल्ला तत्कालीन लालु गा.वि.स. वार्ड ३ हो । गरिव परिवारमा जन्मेका योगी सानै उमेर देखि निमोनिया विग्रेको कारण हाल चरम पिडामा रहेका छन् । काठमाडौको बाँसवारीमा एउटा सानो जस्ताको छाप्रोमा उनका ५ परिवार असजिलो तरिकाले जीवनयापन गरिरहेका छन् ।
राकेशलाई बाँच्न सास फेर्न हरक्षण अक्सिजनको सहारा लिनु पर्छ, आमदानीको कुनै श्रोत नभएका र मनकारी दाताहरुले दिएको दानबाट नै उनको अक्सिजनको व्यवस्थापन,साना साना दुई छोरा र एक छोरीको पढाई खर्च, छाप्रोको भाडा लगायत खानपिनको सबै व्यवस्थापन गर्नु पर्छ । कोरोना कहरको कारणले उनको अवस्था अझ दयनीय बनेको छ ।
राकेशको अवस्था देखेर जीवन विज्ञान योग समुह, टेक्सास, अमेरिका कि योग प्रशिक्षक तथा समाजसेवी माला महतको मन कुडियो । राकेश र उनको परिवारको दुःखमा मलमपट्टी लगाउन उनले जीवन विज्ञान योग समुह, टेक्सास, अमेरिकामा आवद्ध विभिन्न मनकारी व्यक्तित्वहरु तथा विशेषत् लोक तिवारी, प्रेम श्रेष्ठ समेतको सक्रियतामा पच्चीस हजार रुपैया संकलन गरेर भिजन न्युज नेपाल डट.कमका प्रधान सम्पादक हरिराम पौडेललाई पठाइन् ।
राकेश योगीको लागि प्राप्त उक्त रकम पच्चीस हजार रुपैया भिजन न्युज नेपाल डट.कमका अध्यक्ष तथा प्रवन्ध निर्देशक चक्र प्रसाद पोख्रेल र प्रधान सम्पादक हरिराम पौडल बाँसवारी स्थित राकेश योगी र उनको परिवारले आश्रय लिइरहेको छाप्रोमा पुगि हस्तान्तरण गरेका छन् ।
जीवन विज्ञान योग समुह टेक्सास, अमेरिकाका माला महत, लोक तिवारी, प्रेम श्रेष्ठ लगायत मनकारी व्यक्तित्वबाट प्राप्त उक्त रकमले आफ्नो दैनिकी केहि सहज हुने राकेश बताउँछन् । ‘यो पैसाले अव दाल, चामल किन्छु, बच्चाको स्कुलको फि तिर्छु ।
कमजोर आर्थिक अवस्था र कोरोना कहर विच प्राप्त यो रकमले मलाई ठुलो राहत मिलेको छ, जीवन विज्ञान योग समुह, टेक्सास, अमेरिकाका मनका धनी माला महत, लोक तिवारी र प्रेम श्रेष्ठलाई मुरी मुरी धन्यवाद व्यक्त गर्दछु’ रकम हस्तान्तरणको क्रममा राकेशले गहभरी आँसु सहित आफ्ना मनका यी भावना पोखे ।
‘सबैको सहयोग भइदिए सधैं अक्सिजनको सहारामा गुजारा गर्नु पर्ने यो जीवन केहि सहज हुने थियो’ उनले सुख,दु:ख पोख्दै सहयोगको लागि मनकारी दाताहरु समक्ष आग्रह गरेका छन् । उनलाई सहयोग गर्न चाहनेले ९८६५७७८८३९ मा सम्पर्क गर्न सक्नेछन् भने रत्ननाथ योगी, सनराइज बैंक, खाता नम्वर ०४७१०२९२०२२०१७ मा आर्थिक सहयोग गर्न सकिनेछ ।
