

लक्ष्मी श्रेष्ठ
बुटवल :बुटवल उपमहानगरपालिकाले कोरोना महामारीका कारण समस्यामा परेका जनताहरुलाई राहत वितरणमा लागेको छ । उपमहानगरले राहत आवश्यक पर्ने नागरिकहरुले सम्बन्धित टोल तथा वडा कार्यालयको सिफारिससहित सम्पर्क गर्न आह्वान गरेको छ ।
‘महामारी र यसलाई नियन्त्रणका निम्ति लगाइएको निषेधाज्ञाका कारण आफ्नो दैनिक गुजारा चलाउन सकस भएका नागरिकलाई उपमहानगरले तोकेको मापदण्ड बमोजिमका दैनिक उपभोग्य वस्तु (अत्यावश्यक खाद्य सामग्री) अर्थात् राहत उपलब्ध गराउन लागेको हो ।
यसप्रकारको राहत आवश्यक परेको खण्डमा आफ्नो टोल विकास संस्था र सम्बन्धित वडा कार्यालयको प्रमाणिकरण गरिएको सिफारिस सहित उपमहानरगपालिकाको कार्यालयमा सम्पर्क गर्न सूचना गरेको छ ।
