
काठमाडौं :गायक श्रेय अगस्ती को स्वर रहेको नयाँ गीत ‘साईलीको सम्झना’ म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वर्गिय गोकर्ण प्रशाद ढुंगेलको शब्द रचना र संकेत अगस्तीको संगीत रहेको गीतमा पुरुषोत्तम न्यौपानेको एरेन्ज रहेको छ । यो गीतको भिडियोमा प्रेमी जोडीको रुपमा रिवाज गौतम र सुशिक्षा पराजुलीले अभिनय गरेका छन्। कन्चन नेपाल आचार्य, मनसुन पान्डे, नरेस भुर्तेल,प्रदिप खड्का,रिस्ता आचार्य, बेबि एरी को पनि महत्वपुर्ण भुमिका रहेको छ।
विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान दिँदै आएका संकेत अगस्तीले यसअघि सांगितिक क्षेत्र मा गायक तथा संगीतकार को भुमिका निर्वाह गर्दै आएका छन्। यस म्युजिक भिडियोमा स्वयं अगस्ती कै निर्देशन समेत रहेको छ। म्युजिक भिडियोको निर्माता सुनिता ढुंगेल हुन् भने भिडियोको कन्सेप्ट श्रेय अगस्ती र साक्षी अगस्तीको रहेको छ ।
सुमन मगरको छायाँंकन रहेको यस भिडियोमा अनिल कुमार महर्जनको सम्पादन रहेको छ । ए प्लस स्टुडियो मा रेकर्डिङ भएको साजन शाह को मिक्सिङ तथा मास्टरिङ रहेको साईँली को सम्झनाू गीत जेनेक्स मिडिया नेपाल युटुब च्यानलबाट सियोना श्रेष्ठ जो एस.एम ए.१ फिजिकल डिसअर्डर भएर रोग संग लडिरहेकी छिन् उनको सहयोग र सहायता को लागि सार्वजनिक गरिएको हो ।
