आजको पत्रकारिता केही समस्या र जटिलता ! विजय कुमार पाण्डे

बिजय कुमार पाण्डे
पत्रकार/लेखक

एक दिन मैले नेत्र चिकित्सक शसांक कोइरालाई सोधे (धेरै बर्ष अगाडी जतिबेला उहाँ राजनीतिमा प्रवेस गर्नु भएको थिएन) डक्टर के सबै जनावार हरुले एकै वस्तुलाई एकै रंगका देख्छन ?

उहाँले जवाफ दिनुभयो देख्दैनन विजय ,फरक फरक जवावारहरुले उहीं वस्तुलाई फरक फरक देख्छन ।कुकुरले देख्ने रंगमा चिलले देख्दैन,चिलले देख्ने रंगमा बिरालोले संसार देख्दैन । मान्छेहरु पनि फरक फरक देख्ने क्षमताका हुन्छन,कसैको आँखा ६/६ को हुन्छन कसैको हुँदैनन् ।
यो सुनेर मैले उहाँलाई अर्को प्रश्न गरे

डक्टर यदि फरक फरक वस्तुहरुले एकै वस्तुलाई अलग अलग रंगमा देख्छन भने त्यो वस्तुको वास्तविक रंग के हो ?
उहाँ एकछिन चुप लाग्नुभयो,अनि भन्नुभयो म विश्शेस्वर प्रसाद कोइरालाको छोरा नभएर ,सामान्य नेत्र चिकित्सक मात्र भएको भए यो सवालको जवाफ दिन सक्दैन थिए ।
वावा भन्नु हुन्थ्यो प्रकृतीमा मनुष्यको आँखाले देख्न सक्ने भन्दा धेरै बढी रंगहरु छन । प्रकृतिमा मनुष्यको कानले सुन्न सक्नेभन्दा धेरै बढी आवाजहरु छन ।त्येसैले म भन्न सक्दिन वस्तुको वास्तिविक कलर के हो ।

पूर्वीय दार्शनिकहरूले भन्दछन कि कुनैपनि वस्तुलाई त्यो जस्तो देखिन्छ त्यो त्येस्तो हैन साँच्चिकैको रंग देख्ने अवस्थालाई समबोधी भनिन्छ ।
एउटा पत्रकारको नाताले म मानिसका बिबिधताहरु,विचारका बिबिधताहरु देखेर छक्क पर्छु ।

एउटा सामान्य विषयलाई लिएर उनीहरु कस्तो मारामार गरिराखेका हुन्छन । के हामि कुनै विषयहरुमा न्युनतम निचोडमा सहयात्रा गर्न सक्छौ? बिचारको बिबिधता एउटा स्वाभाविक कुरा हो मनुष्यको, तर त्येस्को अर्थ एउटा सामान्य विषयलाई लिएर पनि के यत्रोबिघ्न तानातान जरुरि छ ? खैर म भन्न सक्दिन
यो तानातान अज्ञानताका कारण भएको हो कि अहंकारका कारण यो पनि म भन्न सक्दिन । म पत्रकारिताको एउटा सानो अनुभव राख्न चाहान्छु । कयौ बर्ष अगाडी कान्तिपुरमा रिपोर्टरहरुलाई स्तम्भ लेख्न दिइयो म त्येही थिएँ त्येस बखत नेपाल पत्रिकाको सम्पादक ।

पुरानो पत्रकारितामा समाचार र विचारका सीमारेखाहरू स्पस्ट रुपले विभाजित थिए,रिपोर्टरहरुलाई आदेश दिइन्थ्यो कि तिम्रो काम जे देख्छौ त्यो लिएर आउने हो । तिम्ले त्येस्को बाख्या गर्न अथवा पक्षधरता देखाउन पाउदैनौ । जव हामीले रिपोर्टरहरुलाई स्तम्भ लेख्न पनि दियौ,(स्तम्भ भनेको बिचार हो,बिचार भनेको निजत्वबाट प्रभावित हुन्छ ।) जव उसले स्तम्भ लेख्न थाल्यो उ एउटा विचारको पक्षमा उभिन थाल्यो । स्वाभाविक पनि थियो । जव उ विचारको पक्षमा उभिन थाल्यो, कुनै पनि विचारको त् प्रतिविचार हुन्छ ।त्येस्को छायाँ समाचारमा पर्न थाल्यो ।

यो नेपालको मात्रै हैन संसारभरिको कुराहरु हो ।त्येसले समाचारको महत्वमा सम्झौता गरायो ।
त्येस्पछी खोजि खोजि मेरा हरुले आँखाले ति विषयहरुलाई पहिलो पृष्ठमा राख्न थाले ।जुन विषयमा मेरो विचारको पक्षधारता थियो ।

पुरानो जमानामा भनिन्थ्यो कि पत्रकारिता भनेको समाजको ऐना हो । ऐना एक त्येस्तो वस्तु हो,जसले आफु अगाडी भएको कुरालाई जस्ताको त्येस्तै देखाउंछ ।
आजभोलिको पत्रकारिता चाहि ऐना हैन,क्यामेरा हो । ऐना र क्यामेरा विचको सम्बन्ध बडो गजब हुन्छ । क्यामेराले चाहिं त्यति मात्र देख्छ,जति क्यामेरामेन ले देखाउन चाहान्छ ।

दुइओटा सम्बन्धहरु देखेर म छक्क पर्छु । एउटा ऐना र क्यामेरा विचको सम्बन्ध अनि आँखा र क्यामेरा विचको सम्बन्ध ।
क्यामेराले त्यति मात्रै देख्छ जति त्येस्लाई देखाइन्छ,आँखाले आफ्नो अगाडी भएको सबैकुरा देख्न सक्छ । यदि त्येस्को मन खुला छ भने ।
आँखाले पनि अगाडी भएको सबै देख्न सक्दैन । आजभोलिको मान्छेको समस्या के छ भने , उ त्यो देख्दैन जो उसको अगाडी छ, उ त्यो मात्र देख्छ जो उ देख्न चाहान्छ ।त्येसैले त भन्छन नि मान्छे आफ्नो आँखाले हैन मनले संसार देख्छ ।

ऐना,क्यामेरा,आँखा र मन विचको आपसी सम्बन्धहरुको विषयमा कैलेकाहीं सोच्नुस अनि मात्रै तपाइँ पत्रकारिताको अथवा बिचारको कुराहरु गर्न सक्नुहुन्छ । पत्रकारितामा अहिले एउटा अर्को समस्या के आइसकेको छ भने को पत्रकार हो र को हैन ।
हात हातमा क्यामेरा छ,मोबाइलले गर्दा खेरि । हर मान्छे हर विषयमा आफ्नो विचार राख्न स्वतन्त्र छ । डाक्टरलाई आफ्नो विषयमा त्यति थाहा छैन जति उसलाई इन्जिनियरिङ्गको वारेमा थाहा छ । इन्जिनियरलाई आफ्नो विषयमा त्यति थाहा छैन जति उसले डाक्टरको विषयमा आफ्नो बिचार/रायहरु दीइराखेको छ । यस्तो लाग्दछ कि हर मानिसलाई आफ्नो काम बाहेक,सबैको काम आउँछ ।
हामीलाई सबैकुरा थाहा छ सिवाय हाम्रो कर्तब्य(काम ) ।
भगवान कोइरालाको शब्दहरु हुन् यी ।

त्येसले हामीलाई कहाँनिर पुर्याउने हो, त्यो म ठ्याक्क अहिले भन्न सक्दिन । सोच्नु पर्ने स-साना कुराहरु छन । हामीले ठुला ठुला कुरा धेरै गरिसक्यौ,अव स-साना कुराहरु म तपाईहरुलाई क्रमिक रुपले भन्दै जान्छु ।
सोच्नुस है
माथिका दुइ कुराहरु
१ यदि फरक फरक जवावरहरुले एकै वस्तुलाई फरक फरक रंगमा देख्छन भने त्यो वस्तुको वास्तविक रंग कुन हो ?
२ हामीले पत्रकारितामा विचार र समाचारको सीमारेखा/पर्खाललाई जुन भत्काइदियौ त्येसले कस्ता खालका प्रभावहरु परे ,सकारात्मक परे कि नाकारात्म परे,राम जाने ।
३ इन्टरनेट क्रान्ति पछी,हात हातमा मोवाईल आइसकेपछि,हर मानिस आफ्नो विचार संप्रेषण गर्दैछन, यसले समाजमा कस्तो प्रवाभ परेको छ ।
स्वरेंन किन्कार्डका कालजयी शब्दहरु छन,१०० बर्ष भन्दा पनि अगाडी उनले भनेका छन ।
मनुष्यले अध्यन र विचारको स्वतन्त्रता हासिल नगरिकन.वाक तथा प्रकाशन स्वतन्त्रताको उपयोग गर्न थाल्यो भने स्थितिमा जटिलता आउँछ । उनले त्यति बेलै भनेका छन जतिवेला इन्टरनेट क्रान्ति भएको थियन ।
त्येसकारणले गर्दा आजभोली हामि सबैसंग हात हातमा मोबाइल त् छ, तर के हामीसंग आफ्नो मस्तिष्कमा जुन कडा खाले फिल्टरहरु हुनु पर्ने हो । त्यो छ कि छैन ? किनभने आज जति फिल्टरहरु मस्तिष्कमा राखिन्छ,ति फिल्टरहरु मानव इतिहासमा कैले पनि जरुरत थिएन मान्छेहरुलाई ।
यति धेरै सुचना तपाइको जिन्दगीलाई काम लाग्छ कि लाग्दैनन् ? दुनियाँमा भएका सबै लडाईहरु तपाईका हुन् कि हैनन् ?
आफ्नै ठेगान नभएको मान्छेले संसारको कुरा के गर्नु ?
एक दिन मलाइ गोपाल योन्जनले भन्नुहुन्थ्यो केहि जितका कुरा, केहि हारका कुरा,केहि मानका कुरा,केहि अपमानका कुरा,म व्यस्त छु पत्रकार भाइ मलाइ सुनाउ केहि कामका कुरा । मेरो जीवनमा काम लाग्ने कुरा ।

आज म सोच्दै छु कि यति धेरै सुचना यतिधेरै विचारको सागरमा पौडेर मेरो जिन्दगि समुन्नत भएको छ कि गरिब भएको छ ? यसले मलाइ प्रज्ञावान बनाएको छ कि,ए.. ग्याचिम्याची ग्याचिम्याची दिमाग भएको एउटा मान्छे बनाएको छ ?
मनुष्यको रुपमा यसले मलाइ प्रफुल्लता दिएको छ कि,मलाइ आवेस,उत्तेजना,चिडचिडाहटपन,विस्वनिन्दक यो भएन त्यो भएन,यस्तो हुनु पर्ने त्येस्तो हुनु पर्ने भन्ने बनाएको छ ?

यसले समाधान दिन्छ ?
जव कुनै कुराले समाधान दिदैंन भने, त्यो उचित हो,कि त्यो अनुचित हो म यसै भन्न सक्दिन । अहिलेको जो मनुष्यको पुस्ता छ,यो युगमा जति सुविधा सम्पन्न पुस्ता मानव इतिहासमा कहिले पनि थिएन । यो महामारी पहिलो चोटी आएको हैन पृथ्वीमा १००-१०० बर्षमा आइबस्छ । यो भन्दा अघिल्लो चोटी आएको महामारी स्पेनिस फ्लु ले करोडौ मानिसको ज्यान गयको थियो । त्येस्को तुलनामा अहिले केहि पनि भाको छैन । किनभने ति मानिसहरुको तपस्या र साधनाको परिणाम स्वरूप,यी बैज्ञानिकहरुको , स्वास्थ्यकर्मीहरुको १०० बर्ष अगाडी भन्दा आज नियन्त्रणमा छ यो ,त्येस्को तुलनामा ।
यो पृथ्वीमा हामि कुनै पनि घटनालाई अथवा विचारलाई, कत्रो ठुलो पर्दामा राखेर हेर्छौ त्येस्मा धेरै कुरा भर पर्छ ।
ख्याल गर्नुहोला है ।

कुनैपनि घटना,कुनैपनि समस्यालाई हामि कत्रो ठुलो पर्दामा हेर्छौ,त्येस्मा धेरै कुरा भर पर्छ । कुन साईज हो ? मोवाइलको स्क्रिनमा मैले कुनै कुरा हेरे भने,मेरो मनमा एक किसिमको भाव आउछ । त्यै कुरा मैले टेलिभिजनको स्क्रिन अथवा कम्प्युटरको सेटमा हेरेभने मेरो मनमा अर्कै किसिमको भाव आउँछ । त्येही कुरालाई मैले ७० mm को सिनेमास्कोप स्क्रिनमा हेरे भने मेरो मनमा अर्को भाव आउँछ । त्येही कुरालाई मैले बिराट अस्तित्वको परिपेक्ष्यमा,आकाशमा हेरे भने झन् अर्कै किसिमको भाव आउछ ।

बिस्व इतिहासको परिपेक्ष्यमा मैले मेरा अहिलेका समस्याहरुलाई राखेर हेरे भने, म मा एक किसिमको भाव आउँछ । मैले मेरो मोवाईल फोनको इन्टरनेटमा,मेरो फुस्बुकमा,अथवा मेरो टुइटरमा मेरो फोटो देखेर,ओहो यति लाइक यति कमेन्ट यति फलोवार्स भनेर हेरे भने मलाइ अहो जस्तो लाग्न पनि सक्छ ।
तर त्येही कुरालाई मैले अलिकति फैलाएर हेरे भने ? ए ठिकै हो भनेजस्तो लाग्छ । मैले आफैलाई फेरी आकाशको परिपेक्ष्यमा हेरेभने,केहि न केहि….धुलो पनि हैन जस्तो लाग्छ ।
सम्बन्धहरूमा एउटा लाइन छ के…
मेरो गुरुले मलाइ भन्नुभाको, आफु ठुलो भएको घमण्ड चढ्यो भने आकाश हेर्नु,आफ़ु सानो भएको,आफु केहि नभएको,निरिह भएको,आफु गरिव भएको लघुताभास मनमा आयो भनेपनि आकाशमै हेर्नु । यत्रो बिराट आकाशमा को ठुलो ? को सानो? को धानी,को गरिव,को नाम भएको,को नाम नभएको ? सब समयका थोपा हौ हामि,फगत समयका थोपा ।

आकाशको परिप्रेक्ष्यमा आफुलाई हेर्यो भने धर्तीमा खुट्टा बस्छ ।
अहिले अप्ठेरो छ, दु:ख छ,असुरक्षित महसुश भैरहेको छ Covid-19 ले गर्दा खेरि ।
पोहोर सम्म खासै त्येस्तो लागेको थिएन,यो पानि आफ्नै नजिकका मान्छेहरु,चिनजानकाहरु,नातागोताहरु गुमाईसकेपछी असुरक्षित छ,अनिश्चितता जस्तो,के हो कसो हो ?

हामीले त आफ्नो जीवनकालको धेरै समय भोगिसक्यौ,अब पछाडी के हुने हो,कस्तो हुने हो ? एक किसिमको ग्लुमी वातावरण भन्छन नि , मनमा धुम्म जस्तो महसुस हुन्छ । तथापि अलिकति क्यानभास चौडा गरेर हेर्ने हो भने,अलकति आशावादी भएर हेर्ने हो भने,यो समय पनि जानेछ । एउटा अंग्रेजी सिनेमा हेरेको थिए मैले नाम बिर्से ।त्येस्मा अन्तिममा भन्छ Noting verry verry good or verry verry bad lest for verry verry long.
धेरै खराब कुरा र धेरै असल कुरा धेरैबेर टिक्दैन ।
सुरक्षित बस्नुहोला यत्तिकै मनमा लागेको कुरा साटेको…….
धन्यवाद ।