मदनकृष्ण श्रेष्ठको स्वरमा देश भक्ती गीत सार्वजनिक

 काठमाडौं :वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा मतिनाया खुँ नेवारी गीति एल्बमभित्र सङ्ग्रहित रहेको नेपाल भाषाको उत्कृष्ट गीतहरू मध्येको एउटा नेपाल भाषाको गीत सार्वजनिक भएको छ । बहु प्रतिभाका धनि साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा तयार भएको नेपाल भाषाक गीत रामकृष्ण जुजुको प्रस्तुतिमा रहेको छ । देशको माया अनि देशलाई प्राणभन्दा प्यारो नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ गीतले गीतले हौसला दिएको छ । देशको निमित्त प्राण पनि दिन सक्छु गीतले नौलो सन्देश दिएको छ ।

यो गीत चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत अनि बुद्ध सायमीको एरेन्जरमा अडियो नेपालमा रेकर्डिङ भएको थियो । सार्वजनिक भिडियोमा कलाकारहरू गायक मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु र अन्य कलाकारहरू हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन आदिको अभिनय रहेको छ । कुमारी नृत्य मैयाँ महर्जन लाखे नृत्य सुजन बज्राचार्यको उत्कृष्ट अभिनय रहेको छ । गीतको भिडियो इडिटिङ्ग र छायांकन अमर चित्रकारले गरेका छन ,भने सुरेन्द्र तुलाधरले भिडियो निर्देशन गरेका छन ।