राउटे बस्तीमा कोरोना परिक्षण तथा खाद्यान्न सहयोग

नारायण रिजाल
दैलेख :कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपनि राउटे नागरिकहरुले पालना गर्दैनन् । उनिहरुलाई खाद्यान्नको जोहो गर्न अहिले पनि विभिन्न र गाउँ र बजार डुलिरहनुपर्ने बाध्यता छ ।
कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका नागरिकहरुको कोरोना संक्रमण परीक्षण गरिएको छ । कोरोना संक्रमण फैलनसक्ने सम्भावना देखिएकाले उनिहरुको संक्रमण परीक्षण गरिएको हो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट स्थित भेरी नदि किनारमा बसोबास गर्दैै आएका राउटे नागरिकहरुमा राउटे नागरिकहरुलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिकाका स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परिक्षण गरेको हो । मध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो ।

अघिल्लो साता मात्रै राउटे समुदायका अगुवा समेत रहेका शिवराजको मृत्युपछि सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा परीक्षण गरिएको हो । एन्टिजेट विधिबाट कोरोना परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिए । ‘गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली सहित बस्तीमै पुगेर राउटे नागरिकहरुको कोरोना परीक्षण गराएका छौ,’ विष्टले भने ‘परीक्षण गराएका सबैमा कोरोना संक्रमण देखिएन् ।’

राउटे नागरिकहरुको कोरोना परीक्षणसँगै खाद्यान्न समेत सहयोग गरिएको छ । एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपाल दैलेखले खाद्यान्न सहयोग गरेको हो । निषेधाज्ञाको समयमा राउटे नागरिकहरुलाई खाद्यान्नको अभाव नहोस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको हो । अहिले राउटे बस्तीमा ४६ परिवारका एक सय ४३ जना जनसंख्या छ । प्रतिपरिवार एक बोरो चामल, तेल, दाल र खुर्सानी वितरण गरिएको सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए ।

संस्थाले झण्डै तीन बर्ष समुदायको शिक्षा, स्वास्थ्य सहितको सामाजिकीकरणका लागि राउटे परियोजना सञ्चालन गरेको थियो । ‘परियोजना सञ्चालनको अवधी सकिएपछि हालै संस्था मार्फत एक जना स्वास्थ्यकर्मी (अहेव) खटाएका छौ, राउटे बस्तीमा स्वास्थ्यकर्मीले राउटे नागरिकहरुको स्वास्थ्य उपचारमा रेखदेख गर्नेछन् ।