दैलेखका लागि अक्सिजन एक हजारका अभियान्ताद्वारा, अक्सिजन वितरण

नारायण रिजाल
दैलेख:रोजगारको सिलसिलामा काठमाडौंमा रहेका दैलेखका समाजसेवी ओम रिजाल र मिना थापा को पहलमा मनकारीहरु शुभेच्छुकहरुबाट ‘दैलेखका लागि अक्सिजन अभियान’ १ हजार मा संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको छ ।
दैलेख अस्पताल र दुल्लू अस्पतालमा उपब्ध गराइएका ५ थान अक्सिजन सिलिण्डर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरी पठाइएको सामग्री समाजसेबी तथा नेपाली काँग्रेस दैलेखका पुर्व पार्टि सभापति जगतजंग थापाले स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका छन।
सामग्रीहरुमा २२ हजार एक सय ८० का दरले एक लाख १० हजार नौ सय रुपैंयाँमा पाँच थान अक्सिजन सिलिण्डर, पाँच लीटरको एक थान अक्सिजन कन्सन्ट्रेटरलाई एक लाख १० हजार रुपैंयाँ र तीन लीटरका पाँच वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चार लाख ९५ हजार रुपैंयाँमा किनिएको जनाइएको छ ।
आठ लाख दुई हजार नौ सय ४५ मध्ये सात लाख १५ हजार नौ सय रुपैंयाँ ती सामग्री खरिद गरिएको र बचेको ८७ हजार ४५ रुपैंयाँको मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री पठाउने तयारी भएको ‘दैलेखका लागि अक्सिजन अभियान’का अभियन्ता मीना थापाले बताए।
सहयोगी मनहरुले दिएको सहयोगलाई स्वास्थ्य सेवा कार्यालयको सल्लाहमा आवश्यकताका आधारमा सामग्री खरिद गरिएको र पारदर्शितामा आफूहरु प्रतिवद्ध रहेको ‘दैलेखका लागि अक्सिजन अभियान’का अर्का अभियन्ता ओम रिजालले बताए । दैलेखका लागि अक्सिजन अभियान १ हजार संकलन् गर्ने अभियन्ता , मिना थापा र ओम रिजालले यश अभियानमा जिल्ला बाट समन्व र सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी हरि प्उाकुरेल, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय दैलेख लाई विशेष धन्यवाद दिदै रकम दिएर सहयो गर्नु हुने सम्पुर्ण परोपकारि मनहरुमा हार्दिक आभार व्यक्त गरेका छन ।
प्राप्त सामग्रीहरु हस्तान्तरण कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले मनकारीहरुको सहयोगले कोरोना संक्रमितहरुको जीवन रक्षामा सहयोग पुग्ने भन्दै रकम संकलन गर्ने अगुवाहरुलाई धन्यवाद दिए ।