कविता:-म मरे भने के हुन्थ्यो होला..?

म मरे भने,,
वतासको स्पर्श,घामको प्रकाश,चराहरुको चिरबिर आवाज,खोलाको कलकल आवाज,,
म कसरी महसुस गर्न सक्थे होला ।
म मरे भने ..!

एक दिन त हो मर्ने।
हिड्दा हिड्दै लडेर,,
खैल्दा खैल्दै डुबेर ,,
खादाखादै अडकेर,,
काम गर्दा-गर्दै अलझिएर,,
एकै छिन त हो मर्ने।
म मरि हाले भने,जिवनभर बा -आमाले आँसु झार्ने वाहाना पाउँदा हुन,
मेरा दाजुभाइहारु अंश बाड्दा थोरै खुशी हुदा हुन,
मेरा दिदिबहिनीहरु हरेक भाई टिकाको दिन दुखी हुदा हुन,
सुख दुखमा झुकिएर मलाई फोन गर्दा हुन,
मेरा साथीहरूले।
मेरि प्रेमिकाले सबै फोटो आगो लगाएर अर्कै प्रेमी खोज्छिन होलि,
पहिलो क्लाश लिन आउने सरले दिनै मेरो नाम बोलाउँदा हुन,
म मरि हाले भने पनि कुनै खातामा चेपिएर बसिरहन्छ होला,
मेरो फोटो घरमा झुन्डी रहन्छ होला,
म मरे भने।

बल्ल मरेछ यो भन्दा हुन मेरो रीस गर्नेहरु ले,
न मर्ने मन्छे मर्यो भन्दा हुन मलाई चिनेकाहरु ले,
आगन सम्म हेर्न आउथे होलान मेरा दुश्मनहरु
मेरो लाश हेर्न,
नसकेर कोठा थुनेर रुन्थे होलान मलाई माया गर्ने प्रियजनहरु,,
खुशी हुन्थे होलान ऋण लिएर तिर्न नसकेकाहरु,
शोकमा बसेका बा- आमालाई हप्तै पिछे अस्वासन दिन्थे होलान् ऋण न तिरी मरे भने,,,

छिमेकी काकीले दिनहुँ बिर्सिएर सानो कचाैँरामा तरकारी राखी छोड्थिन होलिन,
हजुरबाले दिनहुँ बिर्सिएर रेडियो खोल्न बोलाउनु हुन्थ्यो होला,
भाईबैनिहरु खुशी हुँदै नयाँ लुगा देखाउन आउथे होला,,
जेठ,असार आउँन साथ मैले जोत्ने :- हलो,जुवा ,हल गोरु,मलाई सम्झिन्थे होला।

साच्चै म मरे भने के हुन्थ्यो होला..?