भागरथी कि आमा द्रोपतीलाई मिल्यो जीवन विज्ञान योग समुह टेक्सास, अमेरिकाबाट आर्थिक सहयोग

नरेन्द्र बिष्ट
बैतडी :
नेपालमा यति बेला कोरोना कहरको दोश्रो भेरियन्टको जोखिममा हामी सबै रहेका छौं । विपन्न वर्गहरु अझ यसको मारमा परेका छन् । नेपाल र नेपालीलाई दुःख पर्दा सधैं जुर्मुराउने योग प्रशिक्षक माला महत यति बेला जीवन विज्ञान योग समुह टेक्सास, अमेरिकामा आवद्ध हुनु भई संसारभर रहेका नेपालीलाई अध्यात्म, योग, ध्यान, प्रणायम आदिबाट सुखी जीवनको बाटोमा अग्रसर हुन भर्चुअल माध्यम जुम मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेकि छिन् ।

सधैं कुनै न कुनै रुपले सेवाभावमा तल्लिन उनी यति बेला नेपालको अवस्था देखेर ज्यादै चिन्तित रहेकी छिन् ।
कोरोनाको कारण विभिन्न समस्यामा परेका नागरिकहरुलाई जीवन विज्ञान योग समुह, टेक्सास मार्फत आर्थिक सहयोग प्राप्त भएको छ । जीवन विज्ञान योग समुह, टेक्सास, अमेरिकामा आवद्ध विभिन्न मनकारी व्यक्तित्वहरु तथा विशेषत् लोक तिवारी, प्रेम श्रेष्ठ समेतको सक्रियतामा माला महतबाट बैतडीमा केहि समय अगाडी बलात्कार पछि हत्या गरिएकी भागरथी भट्ट कि आमा द्रोपती भट्टलाई राहत स्वरुप रु. पच्चीस हजार नगद प्राप्त भएको छ ।

मालिका मिडिया एण्ड रिसर्च प्रा.लि अनामनगर, काठमाडौद्वारा संचालित भिजन न्युज नेपालका प्रधान सम्पादक हरिराम पौडेलबाट उपलब्ध उक्त रकम बैतडी संवाददाता नरेन्द्र विष्ट मार्फत बैतडीका युवा समाजसेवी भोजराज जोशीले भागरथी भट्ट कि आमा द्रोपती भट्टलाई दोगडाकेदार गाउँपालिका वडा नं. ७, चडेपानी स्थित उनको निवासमा नै पुगेर हस्तान्तरण गरेका छन् । आफ्नै गाउँमा छोरी गुमाएको शोक र पिडामा रहेकी उनले एकाएक ठुलो रकम सहयोग स्वरुप हात पर्दा खुसी व्यक्त गर्दै जीवन विज्ञान योग समुह, टेक्सासका मनकारी दाताहरुलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

यसै गरि नेपाल र नेपालीलाई असजिलो परेको बखत सधैं सेवामा सक्रिय जीवन विज्ञान योग समुह टेक्सास प्रति भिजन न्युज नेपाल डट.कम.का अध्यक्ष तथा प्रवन्ध निर्देशक चक्र प्रसाद पोख्रेलले आभार व्यक्त गर्दै आफ्ना सम्वाददाता मार्फत घरैमा राहत रकम हस्तान्तरण गर्न सकेकोमा खुसी व्यक्त गरेका छन् भने प्रधान सम्पादक हरिराम पौडेलले परोपकारी पत्रकारिताको शिद्धान्तलाई अवलम्वन गरि आफ्ना देशभर छरिएर रहेका सम्वाददाताहरु मार्फत आगामी दिनमा प्राप्त हुने यस्ता सहयोग रकम तथा सामाग्री पारदर्शी रुपमा पिडित पक्षको दैलोमा नै पर्याउन पहल गर्ने बताए ।