
काजीराम अधिकारी
धादिङ्ग :धादिङ्गको नेत्रावती डबजोङ्ग गाउपालिकामा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइ. सि.यल. नेपाल द्वारा विभिन्न वडामा स्वास्थ्य सामग्री वितरण गरेको छ । गाउँपालिकाका वडाहरु १,२,३,४ र ५ स्थित तीन वटा स्वास्थ्य चौकीहरु (कटुन्जे स्वास्थ्य चौकी, सेमजोङ स्वास्थ्य चौकी र मार्पाक स्वास्थ्य चौकी) मा उक्त स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
त्यसैगरी ३ वटा स्वास्थ्य बिन्दुहरु (भोक्टेनी स्वास्थ्य बिन्दु, केवरा स्वास्थ्य बिन्दु र किम्ताङफेदी स्वास्थ्य बिन्दु) पनि स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको थियो ।
यसैगरी ३ वटा प्रहरी चौकीहरु प्रहरी चौकी टोड्के, प्रहरी चौकी सेमजोङ र प्रहरी चौकी मार्पाक लाई पनि कोरोना महामारी बाट बच्न सचेतनामुलक कार्यक्रम गर्दै स्यानिटाइजर, मास्क, अक्सीमिटर लगायतका स्वास्थ्य सामग्रीहरु बितरण गरिएको थियो ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेत्रावती डबजोङ्ग गाउपालिका वाइ.सि .यल. अध्यक्ष दिपक तामाङ्गको उपस्थिति रहेको थियो । यस सहयोग कार्यक्रम बिक्रम वाईवा, राज गुरुङ्ग, आशिष धमला र युकेश गुरुङ्ग समेतको उपस्थितीमा सम्पन्न भएको थियो ।
