
काठमाडौं :नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक सय १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा र यसअघिका विवरणसहित एक सय १४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार तीन सय ८६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार हजार सात सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा चार हजार एक सय ७८ जना र दुई हजार चार सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ८४ जनामा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ६१ हजार तीन सय दुई पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार चार सय ९१ जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख ४७ हजार चार सय ४६ पुगेको छ । अहिले नेपालमा एक लाख ६ हजार चार सय ७० जना सक्रिय सङ्क्रमित छन् ।
