बुटवलमा टोल-टोलमा सुरु भयो निशुल्क परीक्षण

लक्ष्मी श्रेष्ठ

बुटवल :रुपन्देहिको बुटवलमा आजदेखि टोल-टोलमा कोभिडको निशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, सेमलार, बुद्धनगर, नयाँगाउँ र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ ।

हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ ।

आजदेखि सुरु भएको परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गर्नेछ । स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताएका छन ।