
दाङ :लुम्बिनी प्रदेश अन्र्तगत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनलाई एक स्थानिय तहका प्रमुखले बहिस्कार गरेकाछन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले उपनिर्वाचनको मतदानमा आफु सहभागी नहुने बताएका छन ।
नगरप्रमुख रानाले सामाजिक सन्जाल टुवीट गदै अहिलेको उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेकाछन ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले ट्वीट गदै भनेका छन , ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’ राष्ट्रिय सभा सदस्य पदका लागी दाङको घोराहीमा मतदान भईरहेको छ ।
