रङ्गमञ्च समाजिक सञ्जालमा स्ट्रिमिङ्ग

काठमाडौँ- आजभन्दा दुइ महिनाअघि शिल्पी नाटकघरका निर्देशक घिमिरे युवराजले शिल्पीमै नाटक मञ्चन गर्ने सोच बनाए । जसका लागि फ्रान्सेली नाटककार जाँ पल सार्टरको प्रसिद्ध नाटक नो एक्जिट नाटक चयन भयो । त्यसैलाइ अवतार पाठकले नेपालीमा अनुवाद गर्नुभयो र अनुपस्थित तीनको नामाकरण हुँदै कार्यशाला पनि आरम्भ भयो । जसलाइ  निर्देशक घिमिरे युवराजले निर्देशन गर्दै हुनुहुन्छ । तर सोचेजस्तो दर्शकको उपस्थितिमा मञ्चन गर्न असर्मथ हुने भयो किनकि कोरोना (कोभिड–१९)को दोस्रो चरणले सम्पूर्ण क्षेत्र पहिलो चरणजस्तै थलिनुप¥यो । नाटकको दुइ महिने वर्कशप भइसक्दा र शिल्पी थिएटरको मञ्चमा सेट निमार्ण भइसक्दा यो योजना यत्तिकै तुह्याउनु उपयुक्त नहुने सोच निर्देशक घिमिरेले बताए । यस्तै सम्पूर्ण समूहले पनि मनन गरेर भर्चुअल रुपमा दर्शकसामु आउने निर्णय लिए । सोही निर्णयनुसार यही जेठ १९ गते बुधबार साँझ ५ बजे साबिक रङ्गमञ्चको समयमा युटुबको माध्यमयबाट नाटक अनुपस्थित तीन दर्शकसामु हातहातमा आइपुग्ने भएको छ ।

नाटकमा मुख्यत चार पात्रको विरोधाभासलाइ जोड दिइनेछ । जहाँ नर्कमा पुगेपछि पनि आफ्नो अस्तित्वको ख्यालमा पात्रहरु रुमल्लिन्छन् । जहाँ पात्र अभिलाषाको चरित्रमा रङ्गकर्मी पवित्रा खड्का उभिने भएकी छिन् । पात्र आजादको चिरत्रमा सलिल सुवेदी, पात्र इच्छाको चरित्रमा रङ्गकर्मी, चलचित्रकर्मी उषा रजक र अर्को चिरत्रमा मानाङ्ग लावती देखिने भएका छन् ।

नाटकको पुरै समयावधिभरि कलाकारहरु आफ्नै घरमा बसेर अभिनयरत रहनेछन् । जहाँ एक पात्रले कुर्सीमा बस्न आग्रह गर्दा अर्को पात्रले क्यामेराको फ्रेमबाहिरबाट कुर्सी निकालेर बस्ने र यसरी नै नाटकको पुरा कथावस्तु अघि बढ्ने बताउँछन् निर्देशक घिमिरे । हाम्रा लागि अलिक नयाँजस्तो अनुभव भएता पनि देश विदेशमा यसरी नै नाट्य क्षेत्र अघि बढिराखेको छ । त्यसैले नाटक नै गर्ने हामी नाट्यकर्मीहरुले पनि समयाानुकुल नहुँदा वैकल्पिक रोजाइमा यो विधि रोजेका हौँ भन्छन् घिमिरे ।

आफ्नै घरमा रहेर नाटक गर्नुपर्दा त्यो चरित्रलाइ लिएर पनि अगाडि बढ्नुपर्ने र प्राविधिक समस्याहरुसँग पनि जुध्नुपर्ने हुनाले दर्शकहरु पात्रसँग र कथासँग नजोडिने हुन् कि भन्ने आशंका राखेका छैनन् निर्देशक घिमिरेले । सामाजिक सञ्जालमा राम्रो प्रतिक्रियाहरु आइराख्दा र पर्खाइमा रहेको जस्तो अभिव्यक्तिहरुले त्यस्तो आशंका नरहेको बताउँछन् । यद्दपि बत्ती जाने जस्तो समस्या भएमा पनि उल्झन भने नहुने बताउँछन् घिमिरे किनकि तत्पश्चात् डाटाबाट कलाकारहरु पुन जोडिने छन् । यसरी नाटक लाइभ स्ट्रिमिङ्ग हुँदा मज्जा त आउने तर रङ्गमञ्चको जस्तो आभाष र कलाकारसँगको नजिकपना भने रहने छैन ।

फोटो – इकान्तिपुर