पानी जमेको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गयो

महोतरी :महोत्तरीको रामगोपालपुर नगरपालिकामा एक इँटा भट्टामा इँटा बनाउन खनेको खाल्डोमा जमेको पानीमा​ डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा रामगोपालपुर ९ का १० वर्षीय आशिक कुमार मण्डल र ९ वर्षीय प्रेम कुमार मण्डल रहेका छन् ।

शनिवार घरबाट शौचालय जाने बेलामा एमपीएस इँटा भट्टामा इँटा बनाउन खनेको खाल्डोमा जमेको पानीमा उनीहरू दुई जना खसेको र बेहोस भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताए ।