
जागिर त मन पर्यो अनि जागिर गर्ने छेउको दोकानमा काम गर्ने केटि त झन् मन पर्यो। अब कुनै पनि हालतमा छोड्न मन लागेन। तलब पनि राम्रै थियो १२,००० सुरुमै। अनि अझै ३ महिनामा अनि फेरि एक बर्ष पछि तलब बढ्ने सर्त पनि थियो। काटिकुटि गरेर कुरा यति नै कि काम एक्दम राम्रो।
तर बिर्तामोडमा बसेर काम गर्न सबैभन्दा ठुलो च्यालेज यहि नै थियो कि कोठा कसरि खोज्ने ? पाउन निकै गाह्रो थियो। अक्सर अल्लारे अल्लारे केटाहरुलार्इ त्यसै कसैले ग्यारेन्टि नलिइ कसैले रुम दिनै नमान्ने। एक्दम तनाब थियो। तर पनि बर्दानले -जाउँ न त एक्पल्ट भद्रपुर रोड साइडतिर कोठा खोज्न ? के कस्तो होला बिचार गरौँला ? अब भर्खर त २ बज्दै छ ३/४ घन्टामा त कसो नपाइएला र त ?
मलाइ नि कुरा ठिकै लाग्यो। अनि बर्दान र म सङ्गै गयौ कोठा खोज्न।
भद्रपुर रोडको बाटोबाट अलि तल्तिर रुम त पाएको थियो, भाडा पनि ठिकै थियो जम्मा ३,००० तर हामी अल्लारे केटाहरुलाइ मात्र राख्न निकै अन्कनाइरहेकि थिइन्। उनले बिगतको पिडा सुनाउँदै गइन् -मैले आजभन्दा करिब ६ महिना अगाडि ३ जना केटाहरुलाइ कोठा दिएको थिए। सुरुमा त ठिकै थिए, भनेको मान्थे। अबेर गर्दैनथ्ये, समयमै रुम आउने, हरेक कुरा अनुशासनमा रहेर नै गर्थे। तर लगभग दुर्इ महिना पछि आफ्नो औकात देखाउन थाले। भनेको नमान्ने, अलि अबेर आउने, भाडा तिर्न ढिलाइ गर्ने, केहि सम्झाउन खोज्दा अलि अलि मुखमुखै लाग्ने। तर बिस्तारै हद गर्न थाले। मोराहरुले त केटि पो लिएर आउने थाले। तिन जना केटा तिन जना केटि यताउता बसेर बियर पिउने। हल्ला गर्ने। अझ अजिर यति सम्म कि ढोका नलगाइ नै खुल्लमखुल्ला गर्ने।
पछि चाहि अति नै गर्नै थाले भनेर मैले कोठा छोडेर जाउ भने तर अच्चम्म उल्टै मलाइ नै पो धम्कि दिएर जान्न भन्छन् त बाइ। थोरै गाह्रो भएको थियो मलाइ। अनि पछि निकै जबरजस्ति गर्दै गए पछि। झगडा गरेपछि। बल्ल बल्ल निस्केर गए। तर जानु अगाडि नि यति लफडा भएको थियो कि। यति झगडा भएको थियो कि अब कुनै केटाहरुलाइ रुम दिन पनि मुटु कामेर आउँछ। खै के गर्ने होला बाबु ? अब कुरा बुझ्नुहोला ?
त्यो आन्टिले भन्नुभएको कुरा सुनेपछि अब अरु कुरा सुन्न बाँकि नै रहेन। उहाँको इराधा बुझियो। अनि दुइ हात जोडेर नमस्ते गरे त त्यहा बाट हिँड्यौँ। अनि अझै यस्तै घरहरु १४/१५ वोटा घुम्यौँ। तर ति मध्ये आधिमा त कोठा नै खाली थिएन अनि कोठा खाली हुने घरमा केटाहरु राख्न नमान्ने। कुनै कुनै घरमा माने पनि काठाको भाडा अति नै महङ्गो। जतै बाट पनि छोड्ने बाध्यता नै परेको थियो।
केहि हुन नसकेपछि अव हामी फेरि बर्दानको पिनाकल जब्स केयर सेन्टरमा फर्क्यौँ।
अनि अङ्कललाइ आएर सब भन्यौँ। अनि अब सायद जागिर गर्न नसकिने जस्तो कुरा बतायौँ। तर त्यो बताइरहँदा मलाइ पाएको जागिर छोड्नु पर्ने चिन्ता भन्दा पनि पहेलो ज्याकेटवालिलार्इ अब फेरि देख्न नपाइने भयो भन्ने पिरले गाँजिरहेको थियो। एक्दम तनाबमा पार्यो।
तर त्यति नै बेला सारा दुखको हरण गर्ने भगवानरुपि भएर बर्दानको अङ्कल प्रकट हुनुभयो र भन्नुभयो ,के भयो त अब कोठा नपाउन्जेल यहि बस न त मेरो फ्ल्याटमा। एक दुइ दिनमा त कोठा कसो नपाइएला र ?
यद्यपि यसमा पनि त्यहि अङ्कलको नै स्वार्थ थियो। अब यदि दुइ जना केटा लगेर जागिर फिक्स गराएर ल्याएर पछि जागिर गर्न सक्तैन भन्दा उहाँको कम्पनिको गुड्विल घट्थ्यो। तर पनि उहाँको स्वार्थेले गर्दा मेरो एक मिनटमै बसेको निस्वार्थ क्रसवाला प्रेमको झिनो आशा पलाएको थियो।
तर फेरि एउटा धरमसङ्कट थियो। बर्दान त अव उसको आफ्नै अङकलको घर, बस्न सजिलो भइहाल्थ्यो। तर मलाइ चाहि गाह्रो थियो कसरि बस्नु ? लाज हुन्छ, अप्ठेरो हुन्छ। हुन त साथीको अङ्कल हो तर पनि राम्रो चिन्जान नभए पछि बस्न गाह्रो हुने रहेछ।
मैले मुख नमिठो बनाएर बसेको थिएँ। सायद अङ्कलले बुझेको हुनुपर्छ तब त भन्नुभयो,ू ढुक्क भएर बस्दा हुन्छ बाबु, बर्दान त मेरो छोरा जस्तो पो हो। अनि बर्दानको साथी भनेको मेरो पनि छोरा नै हो। कोठा नपाए सम्म ढुक्क भएर बस्दा हुन्छ। केहि आपत्ति मान्नु पर्दैन बाबु।
मलाइ अझै भन्न मन त थ्यो, आफैलाइ अप्ठ्यारो लागेको, लाज लागेको कुरा जताउन मन त थ्यो तर पनि सोचे अव यदि यति भन्निसक्दा पनि मैले आफैले आफ्नो नचाहिदो समस्या देखाएर बसे पनि उहालाइ पनि नराम्रो लाग्न सक्छ। त्यसै पनि भोलि सम्म कोठा कसो नपाउँला र ?
अङ्कलले फेरि थप्निभयो -तिमीहरू भोलिबाट नै काममा गए हुन्छ। दिउँसो कोठाको लागि यता उति म नै बुझौँला।
यति भनिदिए पछि भैगयो।
हामी दुवैजनाले नै लुगाहरु लिएर आएका थिएनौँ।
हामी त त्यसै जागिर बुझ्न मात्र आएका थियौँ, के था आजै जागिर मिल्छ आजै देखि यतै बस्नु पर्छ अनि भोलिपल्ट बाट नै काममा जोइन हुनुपर्छ।
अङ्कलकै सल्लाह अनुसार नै मैले घरमा फोन गरेर भाइलाइ भोलि सबै लुगाहरु लिएर आइज भने। सुरुमा त मानेको थिएन फेरि फस्ट स्यालेरि बाट एउटा फोन किन्दिन्छु भनेर लोभ देखाएपछि मानिहाल्यो।
त्यसपछि हामी अझै केहिबेर बिर्तामोड घुम्यौँ, रुम खोज्न होइन, त्यसै यताउति घुमफिर गर्न।
अलि पर पुगेपछि मैले नै बर्दानलाइ भने-ओई एकपल्ट हनुमान सेन्ट्रल जाउँ न यसो घुमफुर हुन्छ।
बर्दानले हाँस्दै भन्यो -किन ? अघिको केटिलाइ फेरि घुर्न ?
अलिकति पनि अप्ठेरो लागेन, साथी हो यस्तो कुराहरु त सामन्य रुपमा चल्छ। अनि मैले भने -मुला तिम्रो कलेजमा केटि भेट्न जाँदा त क्लास छोडि छोडि जान्थे त म अव अहिले मेरो लागि जाउँ भन्दा मुला यस्तो कुरा गर्छौ ?
बर्दानले फिस्स हाँस्यो र भन्यो -मैले नजाने भनेकै छैन नि, सोधेको पो त त्यसै नभड्क न हिड जाउँ ?
केहिबेरको पैदल यात्रा पछि हनुमान सेन्ट्रल पुग्यौँ। ठ्याक्कै गेट देखि हेर्न साथ पुर्वञ्चल बेकरि देखिन्थ्यो त्यसको दाहिने पट्टि पर्थ्यो, न्यु पाथिभरा ब्याग पसल। हामी सरासर अगाडि बढ्यौँ। त्यहा दोकान पुगेर हेर्यौँ, त्यहा एकजना बहिनी थिइन्, त्यो पहेलो ज्याकेटवालि त त्यहा थिइन।
अनि दोकानभित्र पस्यौँ, पस्नु अगाडि बर्दान अन्कनाइरहेको थियो, फेरि मैले नै जबरजस्ति तानेर लगे। भित्र पुगेर एक्छिन ब्याग हेरे जस्तो गरेर, यताउति नजर डुलाएँ। अनि केहिबेरपछि त्यो बुनु आफैले सोधि -कस्तो ब्याग चाहिएको होला हजुरहरुलार्इ ?
मैले कति पनि नअन्कनाइ अप्ठेरो नमानी भने -एउटा कलेज ब्याग चाहिएको थियो खोजेको जस्तो छैन रैछ।
त्यो बुनुले फेरि थपि -कस्तो खाल्को भन्नुस् न, म देखाइहाल्छु नि।
मैले फेरि भने -हैन हैन सबैतिर हेरे यहा छैन रैछ।
उस्ले फेरि भनि -हजुर सायद यहा नहोला तर तल छ नि त हाम्रो दोकान तल पट्टि पनि छ नि त।
ू ल ल हामी तल नै जान्छौँ मैले भने र हिड्न लागेको थिए। फेरि के सोच आयो र भने -अनि बुनु हामी अघि दिउँसो पनि आएका थियौँ थिएनौ नि यहा त ?
उस्ले हल्का मुस्कुराइ र भनि -हजुर म तल थिए अनि अहिले यहा बस्ने दिदि तल जानुभयो र म माथी आएर बसेको।
मैले थाहा पाइहाले पक्का पहेको ज्याकेटवालि तल नै हुनुपर्छ। अनि सरासर त्यहा बाट निस्किन खोज्दै थिए। बर्दान हल्का अगाडि सर्यो र सोध्यो -अनि तिम्रो नाम चाहि ?
त्यो बुनुले हल्का लजालु आवाजमा भनि -आरति
हामी दुवैजना तल्लो फ्लोरमा गयौँ। एउटा अन्डरग्राउन्ड फ्लोर छ हनुमान सेन्ट्रल, हो त्यहि निर नै।
तल पुगेर हामी न्यु पाथिभर ब्याग पसल खोज्न थाल्यौँ। निकैबेर खोज्दा पनि भेटेनौँ। पछि यता सेक्युरिटि गार्डलाइ सोध्दा पो थाहा भयो अलि भित्र पट्टि रैछ।
गार्डले देखाएको ठाउँतिर नै गयौँ। त्यहा सटरको माथी न्यु पाथिभरा ब्याग पसल लेखिएको थियो।
टक्क भित्र पस्न साथ साम्ने कुर्सिमा फोन चलाएर बसिरहेकि साक्षात खोजेको देवि माताको दर्शन भइ त हाल्यो। मुटुको धड्कन यति तेज गतिमा दौडिएको थियो कि यदि त्यतिबेला कुनै कम्पिटिसन भएको भए सायद बिश्व किर्तिमान बन्थ्यो होला, ग्निज बुक अफ द वर्ल्ड रेकर्डमा नाम पनि दर्ता हुन्थ्यो होला। वाह। तर मेरो दुर्भाग्य त्यो कुनै प्रतियोगिता थिएन।
अगाडि पर्न साथ संवाद कसरी सुरु गरुँ अन्योलमा परेँ। के भनेर सुरु गरुँ सोच्नै सकिन। कसरी सुरु गरुँ सोच्नै सकिन। के भनेर सुरु गरुँ सोच्नै सकिन। अनि एउटा आशाको नजरले बर्दानतिर हेरे, त्यो अघिदेखि मलाइ हेर्दै मेरो गति देखेर मस्त हाँसेर बसिरहेको थियो। पक्कै मैले नबोलि नै मैले के भन्न खोजेको कुरा बर्दानले थाहा पाएको हुनुपर्छ तब त अगाडि सरेर बोल्यो अँ सुन्नुस् हामी यहा एउटा कलेज ब्याग हेर्न आएको। तपाइहरुको दोकान रैछ माथी त्यहा छैन रैछ।
बर्दानले वरिपरि हेर्यो र फेरि भन्यो खै यहा पनि छ जस्तो त लागेन।
त्यसपछि पहेलो ज्याकेटवालिले फोन राखि र जुरुक्क उठ्दै बोलि हजुर कस्तो खालको भन्नुस् त ? यहा त हरेक खालको ब्याग पाउँछ अव तपाइले कस्तो खोज्नु भएको ?
बर्दानले फेरि भन्यो खै हेर्दै छु छ जस्तो लागेन।
उ केहि बोलिन।
अनि मैले नै निकै हिम्मत गरेर बोले अनि तपाइ यहा काम गर्नुहुन्छ कि ?
उ फिस्स मुस्कुराइ र भनि उम्म काम गर्ने नै हो।
मैले केहि बोलिन केवल टाउको हल्लाए जुन प्रत्यक्ष पल सङ्ग कुनै मेल खान गएको थिएन। सायद धेरै आँत्तिएर हुन सक्छ।
अनि त्यसपछि केहिबेर वरिपरि बर्दानले ब्याग खोजेको झै अभिनय गर्यो र ब्याग नपाएको झै गरि बोल्यो -खै सबैतिर हेरे हामीले खोजेको जस्तो त ब्याग नै छैन रैछ।
उ खिन्न भइ।
अनि बर्दानले मतिर हेर्दै भन्यो -अब जाने हैन त ?
मलाइ मन त थिएन तर पनि सानो आवाजमा भने -उम्म जाउँ न अब ब्याग नै नपाएपछि:
मैले यसो भन्दै गर्दा त्यो पहेलो ज्याकेटतिर नजर लगाए। उ पनि हामीलाई नै हेरिरहेकि थिइ।
मलाइ त्यतिबेला उसको नाम सोध्न मन थ्यो। तर फेरि सोचे -के चिन्ता लिनु अब भोलि देखि यहि एउटै कम्प्लेक्स्मा काम गर्नुछ। भेट त भइ हाल्छ नि कुनै मौका बनाएर कुरा गर्दा भइ त हाल्छ। फेरि हतारको काम राक्षसको हुन्छ। हतार हतार गर्दा बन्ने काम पनि बिग्रिने सोचेर बर्दानको आग्रहमै केहि नबोलि बाहिर निस्के। अलि वर आए पछि त्यतातिर नजर फर्काएर हेरे, उ कुर्सिमा बसेर फेरि फोन चलाउन थालिसकेकि थिइ।
(धाराबाहिक प्रकाशित हुने यस कथाको अर्को भाग ३पढन नविर्सनुहोला हरेक सोमबार ठिक यहि समयमा )
