गजल-राबत राबत

कुटो,कोदालो,हँसिया फरक नाम न हो
के डराउँथ्यो र दु:खसँग फलाम न हो ।

युद्धमैदानको सिपाहीले सोच्छ होला
आखिरीमा कमाउने त सलाम न हो ।

ज्युँदाहरुको लागी गाइएको हो गीत
मुर्दाहरूको लागि केवल आराम न हो ।

गन्तव्यहिन प्राणीहरुको जिन्दगानी
ठेगाना नभएको रित्तो खाम न हो ।

प्युनुबाहेक अर्को इलम पाइन मैले
प्युछु प्युनु पनि यौटा काम न हो