
नारायण रिजाल
दैलेख :”महिलाको सुरक्षा र अधिकार संकटकालिन व्यवस्थापन हाम्रो अधिकार” भन्ने नाराको साथ दैलेखको दुल्लू नगरपालिकाले तेश्रो राष्ट्रिय महिला अधिकार दिवस मनाएको छ ।कोभिड १९ को चेक जाच गरि दुल्लू १ देउतिचौरमा दिवस मनाएको हो ।
कार्यक्रममा नगरप्रमुख घनश्याम भण्डारी,प्रमुख प्रशाशकिय अधिकृत महेन्द्रजङ्ग शाही,जिल्ला समन्वय समिती दैलेखका सदस्य चन्द्रकला नेपाली,वडा न १ का अध्यक्ष नँयाराम थापा,वडा न ७ का अध्यक्ष लाल बहादुर रावत,दुल्लू अस्पतालका मेडिकल अधिकृत डा.अशोक शाहा,हे.अ बिनिता शर्मा,ल्याब असिस्टेन्ट डम्बर कार्किले चेकजाँच गरेका थिए ।
दुल्लू नगरपालिकाका समबिनी उमा उपाध्याय,सेवक दैलेखका दुर्गा लम्सालको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो। एन्टिजेन बिधिबाट १२० जनाको परिक्षण गरिएको मा ७ जना पुरुष र ४ जना महिला गरि ११ जनामा संक्रमण पुष्टि भएको छ ।
