बुटवल उपमहानगरले विभिन्न वडामा दस हजार जनाको एन्टिजेन परिक्षण गर्दै

दिपेश राज नेपाल
बुटवल:देश कोरोना भाइरसको को त्रास भइरहेको बेला दैनिक मृत्यु दर पनि बढदै गइरहेको छ । यसैलाई मध्यनजर गरी बुटवल उप महानगरपालिका भित्र कोभिड १९ परिक्षणका लागि जेष्ठ १७ देखि २१ गतेसम्म नगरका विभिन्न ठाउहरुमा परिक्षण केन्द्र तोकेर वृहत रुपमा एन्टिजेन परिक्षण गर्ने भएको छ । ।

नगरपालिका भित्र लक्षण देखिएका व्याक्तीहरुलाई उनीहरुकै पायक पर्ने ठाउँमा परिक्षण गरिने छ ।जसका लागी नाम दर्ता गराउँन नगरवासीहरुलाई बुटवल उप महानगरपालिकाले आह्वान गरेको छ ।

यस अभियानमा नगरभित्र रहेका कोभिड प्रभावित करिब १०,००० जनाको हटस्पटहरुमा व्यापक रुपमा एन्टिजन परिक्षण गर्ने बुटवल उपनगरपालिका नगर योजना अयोग सदस्य सचिव मेगराज भट्टराईले बताएका छन ।
हेर्नुहोस उप महानगरपालिकाले तोकेका परिक्षण केन्द्रहरु