नेप्सेले चुम्यो हाल्सम्मै उच्छ बिन्दु, के होला अब को यात्रा

भनिन्छ, पैसालाइ काममा लगाउन सकियो भने हामिले काम गर्नु पर्दैन सुती सुति पैसा आउँछ।र त्यो भनेको पैसालाइ काममा लगाउने उपउक्त माध्यम सेयर बजार हो। आफूसग जति पुजि छ तेतिबाट सुरुवात गर्न सकिने र जो कोहिले जहाँ बाट पनि गर्न सकिने क्षेत्र भयकाले पछिल्लो समय नेपाली सेयरबजारमा ओइरिनेको लर्को लागेको छ। खासगरि विद्यार्थी, कर्मचारी, गृहणि तथा अन्य क्षेत्रका थुप्रै ब्यक्त्तिहरु सामेल भयका छन, विशेष गरि गृहणी महिलाहरु घरको काम साथ साथै यहि क्षेत्रमा रमाउन थालेका छन।

श्रीमानको कमाइको भर पर्नु नपर्ने, र आफ्नो अबस्था अनुरुप चल्न सकिने भयकाले उनिहरुको लागि यो क्षेत्र थप आकर्षण बन्न पुगेको छ। साथै कति नया लगानिकर्ता भने लै लै मा लागेर यो क्षेत्रमा आयका छन, तर कति भने आफै बुझेर आयको पाइन्छ। नेपालिमा भनाइ छ आफै हिड्यो भने परसम्म पुग्न सकिन्छ, कसैको बुइमा चड्यो भने केही समयको लागि मात्र हिड्न सकिन्छ, यो कुरा नेपाली सेयर बजारमा पनि लागू हुन्छ, कसैले यसैबाट मनग्य कमायर घर गाडी थुप्रै सम्पती जोडेका छन भने कोइ यहि क्षेत्रबाट आफ्नो सम्पुण जाय जेथा गुमायर आज पनि गुमनाम भयर बसेका छन।

यस्को मतलब सबैले कमाउछन भन्न्ने पनि होइनन, र सबैले गुमाउछन भन्ने पनि होइनन, यदि हामीले रार्म्रो कम्पनी छान्न सकेको खण्डमा यसबाट मनग्य कमाउन सकिन्छ। भन्ने थुप्रै उदाहरण भेट्न सकिन्छ। खासगरी आफुले किनेको वा किन्न लागेको कम्पनी कस्तो छ, बोनस ईतिहास, कम्पनि सन्चालकमा रहेका पात्र हरु कस्ता छन, यस्को दिर्घकालिन रणनिती कस्तो छ, बार्सिक नाफा घाटा, ब्यपार कस्तो छ, जस्ता याबत कुरा हरु नियालेर दिर्घकालिन लगानी गर्न सकियो भने पक्कै पनि यसबाट सफल भैइन्छ, हिजो मात्र देसमा बजेट भासण भयको छ, लगानिकर्ताले ब्रोकर कमिसन हेरफेर, दिर्घकालिन र क्षणिक लगानिकर्ता भनेर बिभाजन गरि तेहि अनुरुप करको दायरा निर्धारण होला, र तिरिदै आयको करलाइ अन्तिम कर भनी निर्धारण होला भनी अपेक्षा गरेका थिय।

तर बजेटमा पुजि बजारलाइ बिकास गरिने र दिर्घकालिन र अल्पकालिन लगानिकर्ता छुट्याउने निणय बिच अरु केही परिबर्तन भयको देखियन जे भयनी बजारको बुलिस यात्रा कायमै रहेकाले आगामी दिनमा बजार अझै बड्ने सरोकारवालाहरु बताउछन। खासगरी बैकको ब्याज तथा बेस रेट घट्नु, लगानिको अन्य क्षेत्र ठप्प रहनु, दिनानुदिन बजारमा प्रबेसगर्नेको संख्या बडदै जानू, बजारको ज्ञान सबैलाइ थाहा हुँदै जानु जस्ता कारणले नेपाली पुजि बजारले अझै फड्को मार्ने देखिन्छ।

त्यसकारण बुजेर लगानी गर्न सकियो भने पक्कै पनि नेपाली पुजि बजार बाट सफल भइनेछ । यी कुराहरु अघिल्ला दिनको कारोबार रकम र नेप्से को उचाइले प्रस्ट पारिरहेको छ।आजकै दिनको कुरा गर्ने हो भने पनि कारोबारमा आजसम्मै कै उच्चतम:
नेप्से परिसूचक :२८२७.९३(+१२.५४/०.४५%(अहिले सम्मकै धेरै)
कुल कारोबार रकम:१७०२८४३२,२४४.९१ अहिलेसम्म कै धेरै भएको छ ।