लायन्स क्लव अफ काठमाडौं हाई भिजनद्धारा देशका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री सहयोग

 

देवकी पौडेल
काठमाडौं :म सेवा गर्छु भन्ने उद्देश्यको साथ स्थापना भएको लायन्स क्लव अफ काठमाडौं हाई भिजनले कोभीडको दोश्रो लहरसँगै विभिन्न मानवीय सेवा मुलक कार्यक्रम गर्दै आइरहेको छ ।लायन्स क्लब अफ काठमाडौं हाई भिजनले काठमाडौं,गोरखा, चितवन, बाग्लुङ लगायत विभिन्न स्थानमा २०७८ वैशाखको दोश्रो हप्ता देखि विभिन्न स्वाथ्य सामाग्री प्रदान र राहतका कार्यक्रम गरिसकेको छ।
सोही क्रममा हेल्थ फाउन्डेसन नेपाल र लायन्स क्लव अफ काठमाडौं हाई भिजनले दाङ जिल्लाको दुर्गम क्षेत्रमा र देशभरि नै वैशाखको दोश्रो हप्ता देखि निशुल्क कोभिड १९ टेलि हेल्थ सेवा र निशुल्क मनो सामाजिक परामर्श सेवा सञचालनमा ल्याएको छ।जसले गर्दा हजारौं कोभिडबाट सङ्क्रमित र यो रोगबाट कसरी बच्न सकिन्छ भन्ने चाहना राख्ने जो कोहीले हरेक दिन बिहान ६ः०० बजे देखि राति १०ः०० बजे सम्म या कुनै पनि समयमा परामर्श , सल्लाह लिन सक्नेछन ।

हाल औषधि कति मात्रामा कसरी प्रयोग गर्ने,के के विधि अपनाउने ,सावधानी गर्ने,अक्सीमिटर , थार्मो मीटर कसरी प्रयोग गर्ने आदि कुराहरू अनुभवी चिकित्साकबाट धेरै सेवा लिइरहेका छन्।
त्यसैगरी क्लवका यो वर्षका अध्यक्ष लायन अग्नि बिलास अधिकारीका अनुसार गोरखाको घ्यालचोक ७ को स्वास्थ्य चौकीले स्थापना गरेको आइशोलेसन वार्डमा रहेका बिरामीहरूलाई राम्रो उपचार होस् भन्ने हेतुले बेड सेट,सेनिटाइजर,मास्कआदी स्वास्थ्य सामग्री प्रदान गरेको छ।उक्त कार्यको अगुवाई क्लबका उपाध्यक्ष लायन शंकर बाबु भट्टराईले गरेका थिए।

त्यस्तै गरी बागलुङको जैमिनि नगरपालिकाको स्वास्थ्य हेल्थ पोस्ट मार्फत स्थानीय युवाहरुसँग मिलेर निःशुल्क एम्बुलेन्ससेवा कार्यक्रम कोभिडका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको छ। उक्त कार्य युवा राजन सापकोटाको अगुवाईमा भएको हो ।
उक्त कार्यक्रममा जापानमा रहेका क्लबका बैदेशिक बिभाग प्रमुख लायन विष्णु सापकोटा र लायन चन्द्र दत्त सापकोटाको बिशेष सहयोग रहेको थियो । साथै क्लबको तर्फबाट ठूलो मात्रामा मास्क, सेनिटाइजर ,थर्मल गन,अक्सिमिटर केही प्राथमिक उपचारका औषधिहरू पनि स्थानिय निकाय मार्फत निःशुल्क बितरण गरेको थियो।

लायन्स क्लव अफ काठमाडौं हाई भिजनका कार्यक्रम संयोजक लायन प्रमोद भण्डारी, उपसंयोजक लायन सन्तोष लामा सहितको टोलीले चितवनमा डिउटी र पोस्टमा रहेका सुरक्षाकर्मी ,ट्राफिक प्रहरीहरुलाई मास्क सेनिटाइजर प्रदान् गरेका थिए।साथै मजदुर, निम्न आयस्रोत भएका जनताहरूलाई र विपन्न प्रजा समुदायका बालबालिकाको हातमुख जोड्न सजिलो होस् भनेर फुड बैंक स्थापना गरी खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरेको छ।बालगृह,तपोवन र अन्य केही स्थानहरूमा खाद्यान्न र स्वाथ्य सामाग्री प्रदान गरेको छ।

केही कोभीड बाट संक्रमित विमारीहरुलाई उपचार सजिलो होस् भन्ने हेतुले आर्थिक सहयोग पनि गरेको छ ।यसको अलावा यस क्लवले अक्सिजन ग्यास,अक्जिन सिलिण्डरको व्यवस्थापन,विमारिलाई आउजाउ गर्नलाई सवारी साधनको व्यवस्था आदि केही मानवीय सेवा मुलक कार्यक्रम क्लबले विगतमा जस्तै यस पटक पनि गरिरहेको छ।

लायन्स क्लव डिष्ट्रिक्ट ३२५ए २ , डिस्ट्रिकका लिडरहरु ,विभिन्न सामाजिक अभियन्ता ,क्लबका पदाधिकारी र सदस्यहरु सबैको हातेमालो र सहयोगले यो निःशुल्क सेवा मुलक कार्य संपन्न गरिएको कुरा क्लबका अध्यक्षले बताए ।