भिजनसँग :महिनावारी बहस

महिनावारी अर्थात रजस्वला (नेपालामा प्रचलनमा रहेको शब्दहरु नछुने हुनु,पर सर्नु,छुइ हुनु इत्यादि)महिलाहरुमा हुने प्राकृतिक प्रकृया हो । जब छोरी मान्छेहरु बाल्यकाल्बाट किशोराबस्थामा लाग्छन तब महिनावारी सुरु हुन्छ ।
नेपालामा धर्मिक्,सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । पुरुष मात्रै हैन नेपालामा स्वयम महिलाहरु पनि यस बिषयमा खुलेर बोलेको एक्दमै कम पाइन्छ ।

रजस्वला हुँदा हुने शारिरीक दुखाइ,मानसिक तनाब र हार्मोन परिवर्तन हरु महिलाको स्वास्थ्य संग संबन्धीत बिषय हो । महिलाहरुको प्रतक्ष्य स्वास्थ्य संग सम्बन्ध राख्ने यस बिषयमा खुलेर कुरा नहुँदा महिलाहरुले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरु भोग्नु परिरहेको छ ।
आजभोली शहरतिर अलि अलि चर्चा भएपनि बिकट गाउँतिर महिनावारिलाई हेर्ने दृष्टिकोण अझै पुरानै यथावत छ । जसको कारण कतिपय महिलाहरुले ज्यान गुमाउन परेको छ भने धेरैजसोले बिभिन्न रोगहरुको शिकार भएर बाँच्न परेको छ ।

के हो महिनावारी ?
– महिनावारी भनेको प्रजनन प्रक्रियासंग जोडिएको एउटा प्राकृतिक प्रक्रिया हो,जुन १३ देखि १५ वर्ष भित्रमा सुरु हुन्छ ।
हार्मोन संग सम्बन्धीत हुने हुनाले कसैको चाढो पनि हुनसक्छ,तर यदि १५ वर्ष पुरा हुँदा पनि रजस्वला सुरु भएन भने डाक्टरसंग जचाउन जान पर्छ ।

महिनावारी महिलाको जीवन संग सम्बन्धीत भएको कुरा हुनाले यसको बारेमा सबैलाई जानकारी हुनुपर्छ,तसर्थ केहि महिलाहरुको महिनावारी अनुभव हामि याँहा प्रस्तुत गर्दै छौ ।
१ परिचय
– चोमु शेर्पा खुशी
– दमक ,झापा
– कदम थिएटर
२ महिनावारीको पहीलो अनुभव कस्तो थियो ?
– घाँस काट्दा जंगलमा जुकाले टोकेर रगत आयो भन्ने सोचेको होइन रहेछ ! सबै बुजुर्ग हरु भन्नू हुन्थ्यो महिनावारी भए पछि छोरी ठुली हुन्छ हाम्रो समाजमा १२/१३ बर्ष मै बिहे हुने गराइदिने चलन थोरै धेरै बाँकी थियो । मलाई अब बिहे गरिदेला भन्ने डर अत्याधिक लागेको थियो त्यसैले सबै सँग झुट बोलें आमाले थाहा पाउनु भो बाक्लो गुन्यु सिलाइ दिनु भयो त्यति बेला ब्रा पेन्टी कसैले लाउनदैन थ्यो लाए पनि अलि धनी मनि हरुले लाउँथे। हिंड्दा रगत भुई भरी हुन्थ्यो सुरुवाल थिएन हातले गुन्यु पोको पारेर फिलाको कापमा च्यापेर हिंडें धेरै डर लागेको थियो रगत सबै सकिएला झैं भएको थियो ।

३ महिनावारी प्राकृतिक प्रक्रिया हो, तर हाम्रो देशमा धर्म र संस्कृतिसंग जोडेर गरिने ब्यबहार कस्तो लाग्छ,यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला?
– हाम्रो समाजमा छैन शेर्पाहरु बार्दैनन र विभेद पनि गर्दैनन् तर अहिलेसम्म महिनावारी हुँदा छोको नखाने बार्नु पर्ने मन्दिर जान नहुने जस्ता कुरिती विरुद्ध संधै बोल्ने गर्छु । र म यसको विपक्षमा छु,यसलाई परिवर्तन गर्न मान्छे भन्दा पनि उनिहरुले बिश्वास गर्ने धर्म अर्थात आस्था सँग बढी कुण्ठित रहेको पाएकी छु । त्यसैले धार्मिक ग्रन्थहरुमा रहेका विभेद युक्त लाइन हरु हटाएर/ परिवर्तन गर्न पर्ने देखिन्छ ।तब मात्रै किताब भित्र रहेको र पढेका कुराले कु संस्कार लाई अन्त्य गर्न सम्भावना छ नत्र भने यो धर्म ले भनेको कुरा मान्न जब सम्म मान्छे छोड्दैन तब सम्म यो छुवाछुत अन्त्य हुँदैन जस्तो मलाई लाग्छ

४ महिनावारीको विषयमा नेपालमा भएका बहसहरु कत्तिको प्रभावकारी भएका छन?
– बहस हरु भएका थिए छन् र भइ नै रहने छन् जति बहस भए पनि बुझ्ने नै मान्छेले पनि बाहिर म बार्दिन ममा विभेद छैन नै भने पनि कतै कहिं धार्मिक उपजले गर्दा त्यो मन बाट हटाउन सकेको देख्दिन ।बहस बहस मा सितिम हुन्छ लागू नै भए पनि धर्म ले जित्छ बहस ले भन्दा त्यसैले समस्या ग्रन्थमा छ संस्कार मा छ के परिवर्तन गर्ने जरा सम्म बहस पुगेको छैन र त्यो पुग्यो नै भने पनि यो पित्री सत्ता सोचले पुग्न दिंदैन । तर पहल गर्न लागि परे असम्भव पनि छैन ।

५ महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याई,महिनावारीको समयमा गरिने गल्तिहरुबाट हुने क्षति जस्तै मृत्यु हुने वा डरलाग्दो रोगहरुको शिकार हुने, जस्ता कुराहरुलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति,कार्यक्रमहरु ल्याउनु पर्ला ?
– मैले माथी पनि भनेको छु नीति परिवर्तन भए बिधान बने तर मानिसको मानसिकतामा अहिलेसम्म पनि परिवर्तन भएको छैन । यसको मतलब धार्मिक परम्परा बाट नै यसलाई हटाउन जरुरी छ महिनावारी मात्रै होइन यो महिलाको समग्र वर्णन नै प्राय गलत छ । त्यसैको उपज अग्रज हुँदै नया पुस्तामा हस्तान्तरण भइ रह्र्को कुरा त बताउन नपर्ला जब सम्म यो सोच ग्रन्थ धर्म को नाममा लागू गरिन्छ तब सम्म केही परिवर्तन हुँदैन । त्यसैले कु संस्कार हटाउन ग्रन्थ परिवर्तन जरुरत छ यो सरकारले गरे सम्भव हुन सक्छ! आस त छैन तर पनि सुझाव चाहिं दिएँ ।

६ महिनावारीसंग सम्बन्धीत विषयको बहस कार्यक्रममा सरकारको भूमिका कस्तो छ ?
– सरकारले छाउ प्रथा हटाउन करोडौं खर्छ गरे जनचेतना फैलायो तर पनि छाउ गोठमै महिलाको बारामबार मृत्यु हुने गरेको छ् । यसको मतलब सरकारले काम गरे तर प्रभावकारी भएन जब सम्म मानिसको दिमाग बाट हटाउन सकिन्न । तब सम्म केही हुने वाला छैन त्यसको लागि उपाय उहीँ हो मेरो विचारमा सरकार अझै पनि जिम्मेवार छैन यो संवेदनशील विषय हो । ध्यान जाओस् ।

(यदि तपाई पनि हाम्रो महिनावारी बहशमा जोडिएर आफ्नो अनुभव बिचारहरु राख्न चाहानुहुन्छ भने तल दिएको गुगल फर्म भर्नुहोला।अथवा हाम्रो आधिकारिक फेस्बुक पेजमा म्यासेज गर्नुहोला।)

https://www.facebook.com/visionnewsnepal/?ref=pages_you_manage

https://forms.gle/uj6s8gV657Tzaju2A