बिद्यार्थी भाइबहिनीहरूलाई सन्देश:विजु पछाई खाती

मेरा प्यारा आज्ञाकारी , अनुशासित एवम् लगनशील बिद्यार्थी भाइ बहिनीहरु …..!
तिमीहरूलाई उही तिम्री प्यारी गुरुआमाको तर्फबाट कोटी कोटी आशिर्वाद छ।सदा खुशी रहनु ! स्वस्थ रहनु ! मनमा सकारात्मक सोँच र उर्जा भरिपूर्ण भइरहोस् । साथमा धेरै धेरै माया अनि मिठो संझना !!!
मलाई थाहा छ तिमी हरूले पनि मैले जस्तै मेरालागि सद्भाव र शुभेच्छा पठाउन चाहन्छौ ।

मेरा प्यारा भाइ बहिनी हरू बिशेष लेख्नु पर्ने के हो भने आज विश्व महामारीको चपेटाले आक्रान्त छ । हाम्रो देशका जनता पनि यसबाट टाढा रहन सकेको छैन ।यस विषम परिस्थितिमा हामी आ आफ्ना क्षेत्रमा पीडित र समस्या ग्रस्त छौ । त्यसैले तिमीहरूले महामारीको उच्च जोखिमका समयमा आफू र आफ्ना परिवारजनको स्वास्थ्य , खानपान , व्यायाम , सकारात्मक सोँच , उर्जाको बितरण गरेर असल सन्तानको परिचय दिने प्रयास गर । यस्तो समय पहिले देखेेका थिएनौ र सायद भविष्यमा पनि देख्न पर्ने छैन। त्यसैले यो समयमा मनमा साहस , छातीमा हिम्मत र मुटुमा तातो नेपाली रगत बोकेका ए मेरा युवा पुस्ता यदि कुनै दिन मैंले तिमीहरूलाई माया गरी गरी सिकाएको मानवता , सहयोग र विश्ववन्धुत्वको भाव स्मरण गरेर महामारी सँग लड्ने उर्जाको निर्माण गर बितरण गर

हाल तिमी हरू पनि अरूजस्तै लकडाउनमा छौ
। हामी प्रत्यक्ष रूपमा कक्षा कोठामा उपस्थित भएर अध्ययन अध्यापन र समस्या समाधान गर्न सक्ने अवस्थामा छैनौ ।यस विषम परिस्थितिमा मेरा प्यारा बिद्यार्थी भाइ बहिनीहरूलाई लकडाउनमा तिमी हरूले पालना गर्नु पर्ने केही सामान्य नियमहरू म पठाउँदै छु जसको पालनाले तिमी, तिम्रो परिवार र तिम्रो सम्पर्कमा आउने अन्य मानिसहरूलाई पनि केही सजिलो महसुस हुन सक्छ। निम्नलिखित कुराहरुमा ध्यान दिन सकेमा लकडाउनको शुन्य समयको पनि सदुपयोग गर्न सकिन्छ :
१. विहान घाम उदाउने भन्दा पहिले नै उठ्ने
२. उठिसकेपछि दुई मिनेटजति आफूले मान्ने गरेको भगवान वा पितृ देवताको हात जोडेर स्मरण गर्ने
३ . नित्य कर्म गरिसकेपछि एक गिलास मन तातो पानीमा कागती राखेर पिउने ।
४. अाफूले पानी पिउँदा परिवारका सबै सदस्यलाई पनि पिलाउने
५ . त्यसपछि हल्का व्यायाम गर्ने
६. व्यायाम गर्दा सानो स्वरमा भजन या मोटिभेसनल प्रवचनहरु सुन्ने ।
७ . अनलाइन क्लास सञ्चालन भएको छ भने नियमित उपस्थित हुने
८ . शिक्षकले दिएको गृहकार्य नियमित गर्ने
९.अनलाइन क्लासमा बस्दा आफुले कुनै टेलिभिजनको कार्यक्रममा भाग लिएको महसुस गरी सक्रियता देखाउँने जसले भविष्यमा कुनै अन्तवार्ता आदिमा संलग्न हुन आत्मबल प्राप्त हुन्छ
१०. एक दिन एक काम भन्ने मन्त्र जपेर दिनमा सके धेरै नसके एउटा भएपनि नयाँ र शुभ कार्य गर्ने । घरको कामको बाँडफाँड गरेर गर्ने
११ . घरका सदस्य मध्ये कोही बिरामी परेमा निजको सेवा सुरक्षाको सम्पूर्ण प्राविधान अपनाएर गर्ने र बिरामी लाई तिमी उसको अत्यन्त निकट प्रिय आत्मिय ब्यक्ति हौ भन्ने कुराको प्रत्याभूति गराउने

१२ .कोभिच संक्रमित बिरामी भएमा प्रोटिन भिटामिन सि , डि ,इ जिङ्क चक्कीका साथै फलफूल माछा मासु र तातोपानी समय समयमा प्रशस्त खुवाउने

१३ चिकित्सकसँग सल्लाह गरी उसको लागि अक्सिजन , अस्पताल भेन्टिलेटर , एम्बुलेन्स आदिको ब्याबस्थापन गर्ने गराउने
१४ . आबश्यक फोन नं को लिस्ट आफूसँगै राख्ने
१५ .मोबाइल बन्द नराख्ने
१६ . पढाइका अलावा परिवारको खानपानको जिम्मा लिने किनकि बल बुद्धि र ज्ञानको हिसाबले तिमी अगाडि छौ।
१७ . मोबाइल टेलिभिजन कम्प्युटर जस्ता उपकरणसँग बिताउने फजुल समय अाफू र आफ्नो परिवारलाई दिने
१८ . सबै भन्दा महत्वपूर्ण कुरा यो महामारीको समयमा तिम्रो घरलाई अस्पताल विद्यालय होटल मैदान सिनेमा हल हो भन्ने ठानेर सोही अनुसार बस्ने बसाउने
१९ . तिम्रो भान्सामा पाइने अदुवा बेसार ज्वानो जिरा मेथी जस्ता अौषधी र दुध अन्डा फलफूल गेडागुडी आदिको प्रयोग प्रशस्त गर्ने गराउने
२० . हरेक एक एक घण्टामा तातोपानी या तुलसी ज्वानो दालचीनी बेसार अादिकाे काँडा या सुप खाइरहने
२१.सबैभन्दा पहिले अाफू र आफ्नो परिवारको स्वास्थ्य

दोस्रो पढाइ तेस्रो मनोरञ्जन चौथो आरामका साथै समस्यामा परेकाहरुलाई सुरक्षित तवरले सहयोग गरी एक सुयोग्य नागरिक को परिचय दिने ।
‌ समय सधै यस्तो रहँदैन तसर्थ यस विषम परिस्थितिमा कत्ति पनि विचलित नभई आफू र आफ्नो परिवारको उचित ख्याल राखी आफ्नो परिवारको नजरमा जिम्मेवार सन्तान बन्ने , अनलाइन क्लासमा सक्रिय भएर असल बिद्यार्थी बन्ने र समस्या मा परेकाहरुलाई सहयोग गरेर असल मानव बन्ने यो अबसरको सदुपयोग गर ल मेरा सबै भन्दा असल आग्याँकारी इमान्दार अनि सचेत भाइबहिनीहरू । अब धेरै दिन छैन …हामी छिट्टै भेट हुनेछौँ कक्षा कोठामा प्रत्यक्ष रूपमा ।तर भोलि बिहान अनलाइन क्लासमा भिडियो अन गरेर बस है । तिमीहरूको उज्यालो अनुहारको चमकले महामारीको त्रासको बादल सर्लक्क फार्छ र मेरो अनुहारमा झलमल्ल घाम उदाउँछ ! जय होस् !!!
-विजु पछाई खाती