राष्ट्रिय प्रजातान्त्र पार्टीले ३१औ स्थापना दिवसको उपलक्ष्यमा स्वास्थ्य सामग्री वितरण


लक्ष्मी श्रेष्ठ
बुटवल :राष्ट्रिय प्रजातान्त्र पार्टीले ३१औ स्थापना दिवसको उपलक्ष्यमा कोरोना संक्रमित बिरामीलाई पौष्टिक आहर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

राप्रपा बुटवलले लुम्बिनी प्रादेशिक अस्पतालका बिरामी तथा स्वास्थ्यकर्मी गरि ८० जना तथा कोरोना अस्थायी अस्पताल धागो कारखानामा ४० जना गरि कूल १२० जनालाई उक्त सामग्री वितरण गरेको हो ।

राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाण र राप्रपा केन्द्रीय सदस्य तोयानाथ लमसाल लगायतको उपस्थितीमा उक्त सामग्री वितरण गरिएको रुपन्देहि क्षेत्र नम्बर २ का अध्यक्ष मित्रलाल कुवर र बुटवल वार्ड न.५ अध्यक्ष विनय कसौधनले बताए । ।