
रुकुम (पश्चिम) :रुकुम पश्चिममा खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १४ को टिमुरचौरमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमले जनाएको छ ।
जाजरकोट खलंगाबाट आठबिसकोटको राडी हुदै बाफिकोट गाउपालिका तर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।
पसलका लागि आवश्यक चामल , नुन , तेल लगायतका खाद्य सामग्री बोकेर गाउँतर्फ जाँदै गर्दा ब्रेक फेल भएर ठुलीभेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमका प्रहरी निरीक्षक तथा सुचना अधिकारि कपिल शाहीले बताए ।
रा १ त ३१०७ नम्बर ट्याक्टर २ सय मिटर तल भेरीनदीको किनारमा पुगेको प्रहरीले बताएको छ । दुर्घटनामा मानबिय क्षति भने भएको छैन। ट्याक्टर चालकले हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ ।
